विश्व

नरेन्द्र मोदि हैन, चौकिदार नरेन्द्र मोदि

जागरणपोस्ट – भारतिय प्रधानमन्त्री नरेन्द्र मोदि अब चौकिदार नरेन्द्र मोदिको नामबाट चर्चामा आएका छन। पछिल्लो समय आम आदमी पार्टी कि नेतृ अल्का लाम्बाले नेपालप्रति लक्षित गर्दै अपमानजनक ट्विट गरेकि थिईन। चर्को विवाद का माझ लाम्बाले माफी माग्दै उक्त ट्विट हटाए पनि भारतमा भने `चौकिदार´ शब्द सामाजिक संजाल ट्विटरमा ट्रेन्डिङ्ग नै बनेको छ। ट्विटरमा लाम्वाले `चौकिदार त नेपालबाट पनि मगाऊन सकिन्छ नि´ भन्ने अपमानजनक ट्विट गरेकी थिईन। नेपालका सोसल मिडिया प्रयोगकर्ताहरुको चर्को विरोधकै कारण लाम्वाले उक्त ट्विट हटाए पनि भारतमा भने `चौकिदार´ शव्दले चुनावी माहौल तताएको छ। भारतिय प्रधानमन्त्री स्वयं आफ्नो ट्विटर अकाऊन्टलाई चौकिदार नरेन्द्र मोदिमा बदलेका छन। करिव १ करोड हाराहारी पुगेको उक्त चौकिदार ट्रेन्डले भारतमा आसन्न लोकसभा निर्वाचनमा ठुलै मसाला बनाएको छ। चौकिदार सम्बन्धी लाखौं ह्यासट्याग, भिडियो, र लेखहरु तयार मात्र भएका छैनन कि चौकिदारको विषयलाई लिएर सत्तापक्ष र प्रतिपक्षविच खुवै तिखा टिप्पणीहरु पनि भएका छन।
नरेन्द्र मोदि को चौकिदार ट्विटर अकाऊन्टमा उनको पक्ष विपक्षमा निकै घोंचपेच पनि पनि चलेको छ। `चौकिदार´ ट्रेन्डलाई भारतका प्रायश: सवै दलले चुनावी मसाला त बनाएकै छन नै साथमा मोदि सरकारले आसन्न लोकसभा चुनावलाई लक्षित गर्दै चौकिदार योजनाअन्तर्गतका केही कार्यक्रमहरु पनि अंघाढि सारेको छ।

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Back to top button