व्यक्ति बिशेष

बरिष्ठ पत्रकार पुष्करलाल श्रेष्ठको स्वास्थ्य अवस्था गम्भिर

काठमाण्डौ – कामना न्युज पब्लिकेसन (नेपाल समाचारपत्र राष्ट्रिय दैनिक) का प्रधान सम्पादक पुष्करलाल श्रेष्ठ को स्वास्थ्य अवस्था गम्भीर बनेको छ। ललितपुरको भैंसेपाटीस्थित नेपाल मेडिसिटी अस्पतालको सघन उपचार कक्षमा केही दिनदेखि उपचार भैरहेको छ ।

करिब चार महिना अघि नाकमा समस्या भएका कारण राजधानीको बयोधामा नाकको र ब्लुक्रसमा मृगौलाको पत्थरीको शल्यक्रिया गरिएपनि उनमा विभिन्न स्वास्थ्य समस्या देखा परेपछि पुर्ण रुपमा निको हुन सकेको छैन । स्वास्थ स्थितिमा समस्या बढ्दै गएका कारण उनलाई थापाथलीस्थित नर्भिक इन्टरनेसनल अस्पतालमा उपचारार्थ भर्ना गरिएको थियो र केही दिनको उपचारका क्रममा चिकित्सकहरुले उनलाई Guillain-Barré syndrome (GBS) virus को संक्रमण भएको आशंका गरेका कारण थप उपचारका निम्ति नर्भिकले भारतको हरियाणास्थित मेदान्त अस्पताल रिफर गरेको थियो । मेदान्त अस्पतालमा करिब दुई महिनासम्म उपचार गरेपछि उनलाई उक्त भाइरसको संक्रमणबाट मुक्त गराई काठमाडौं ल्याएको थियो ।

काठमाडौं ल्याएपछि केही समय नर्भिक अस्पतालमा नै राखेर औषधि उपचार गर्नुका साथै फिजियो थेरापीलगायतका विधिबाट उपचार गरिएको र स्वास्थ्य अवस्था सामान्य बन्दै गएको स्थितिमा घरमा नै राखेर फिजियो थेरापीलगायतका विधिबाट उपचार गर्न सकिने चिकित्सकको परामर्शअनुसार भैंसेपाटीस्थित निवासमा राखिएको थियो ।

यसरी उनको नियमित उपचार प्रक्रिया चल्दै गर्दा फेरि पनि गम्भीर स्वास्थ्य समस्या देखा परेपछि आइतबार नेपाल मेडिसिटी अस्पताल लगि सघन उपचार कक्षमा उपचार हुँदै आएको छ। हाल नेपाल मेडिसिटी अस्पतालको सघन उपचार कक्षमा उपचार हुँदै आए पनि स्वास्थ्य स्थिति जटिल र स्थिर अवस्थामा नै रहेको उपचारमा संलग्न चिकित्सकहरुले जनाएका छन।

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Back to top button