कला साहित्य

धनराज गिरीको ` आयो बजायो गयो ´

धनराज गिरि
राखी पाँच करोड़ त्यो नगद नै छाडी गए श्रेष्ठ रे
झन्डा एक इमानको शहरमा गाडी गए प्रष्ट रे
सारा खेल र झेल भो नगरमा अर्को पस्यो बासमा
औंसी कृष्ण भयो गयो सब गयो हा हा भयो खासमा

लोर्के स्याल पस्यो बस्यो तल खस्यो सारा लुटेरा छिरे
जम्मा बीस बस्यो गनेर महिना ती चार तारे गिरे
उल्कापात भयो “सुरेश ” महिमा गाएर गाइन्न रे
बाबा ती ” गुणराज़ “-“शेष ” पिरती लाएर लाइन्न रे

“क्यू ए ए “अब भो वियोग अहिले भो भ्रष्ट कालो मुली
“यू जी सी ” वरदान हो विगतमा ” गोकर्ण ” नाघे चुली
यो हो रत्न ब्यथा कथा कहर यो भस्मासुरे ताल भो
ताके नाल “खनाल ” आज घरमा हे शारदा काल भो

रामै राम थिए धनी वचनका पक्का इमानी चुने
राम्रो हो पहिले रहेन अहिले गोर्खा छ पापी हुने
भो भो बेर अबेर हे मनुज हो लाछी बनी बस्दछौ
हे नारायण,बोल बोल अहिले कस्तो दुलो पस्दछौ

नीता चेत बड़ा खड़ा कपिलजी सारा सुवेदी मरे
बोल्थे ती कमली पवित्र घिमिरे हे राम पापी झरे
खाने हो उसले चिहान अहिले बन्दैछ बन्दैछ यो
खाता शून्य हुने रुने सकल ती ” आयो बजायो गयो ”

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Back to top button