विश्व

आँधीपछिको बाढिमा परि मृत्यु हुनेको संख्या २२९ पुग्यो

दक्षिण अफ्रिकी क्षेत्रमा गत साताको विनाशकारी आँधी र बाढीका कारण मृत्यु हुनेको संख्या २ सय १५ पुगिसकेको छ । जिम्बावे, मोजाम्बिक र मलावीमा उक्त विपद्को असर पुगेको हो ।

मोजाम्बिकमा मात्रै १ सय २६ जनाको ज्यान गइसकेको छ । रेडक्रस र जिम्बावेको सुचना मन्त्रालयका अनुसार सोमबारसम्ममा ८९ जनाको यहीँ मृत्यु भयो ।

सबैभन्दा ठूलो क्षति भने मोजाम्बिकमा भएको बताइएको छ । रेडक्रसका अनुसार मोजाम्बिकको बेइरा सहरमा ९० प्रतिशत भौतिक पूर्वाधारमा नोक्सान पुगेको छ ।क्षतिका कारण ५ लाख ३० हजार मानिस विस्थापित भएको बताइन्छ । जहाँ सयौं मानिस अझै बेपत्ता भएको खबर अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् ।

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Back to top button