समाज

उपचारको नाममा अमेरिका भ्रमण किन?

डा. अम्बरिश पोख्रेल –

१. अलि पहिला बाबुराम भट्टराई लाई पुन: नयाँ प्रशिक्षण दिएर पठायो अमेरिकाले । जुलिया चाङ कै समयमा पनि पढाइएको थियो । त्यो समयको पढाइको उदेश्य विश्व कम्युनिष्ट आन्दोलनलाई कम्तीमा पनि नेपालको कम्युनिस्ट हरुलाई बदनाम गराउन थियो भनेर स्वतः अन्दाज गर्न सकिन्छ। तर अहिलेको निम्ता त के को लागि थियो भन्नु नै परेन ।

२. दोस्रो नम्बरमा परराष्ट्र मन्त्री प्रदीप ज्ञावली लाई निम्ता गरेर औपचारिक र अनौपचारिक दुवै रुपमा पढायो ।

३. तेस्रो नम्बरमा राष्ट्रपति विद्या भण्डारीलाई पढाउन युएन सभाको सम्बोधनको नाटक गरेर जानु पर्यो ।

४. चौथो नम्बरमा उपचारको बहानामा प्रचण्ड पढ्दै हुनुहुन्छ त्यहाँ ।

५. तर यी सबैलाई पढाउनु अगाडि नै सिके राउतलाई पढाइयो । केन्द्र बिन्दु राउत हुन अर्थात् राउतले बोकेको एजेण्डा हो । त्यो एजेण्डा क्रिटिकल अवस्थामा आइपुगेको देखिन्छ ।

६. त्यसको मूर्त रुप नेपालबाट सुरु हुँदै जाने कुरामा उनीहरू ढुक्क छन् । किनभने नेपालका नेता र पार्टीहरू आफ्नै देशका बिरुद्द पद र पैशा को लागि सजिलै गद्दारी गर्दछन् भन्ने कुरा स्पष्ट देखिदै आएको छ ।

७. जसको इतिहास नै खराब छ त्यसले वर्तमान मा अनेक सम्झौता गर्दै जान्छ र भावी पुस्तालाई अर्थात् देशलाई दलदलमा फसाइदिन्छ । माथिका पाँचै जना यही वर्गका मानिसहरू हुन् । त्यो वर्गका दर्जनौं कथित नेताहरु नेपाली समाजमा छन् ।

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Back to top button