कला साहित्य

कामना न्यौपानेको एकथान कविता

रचयिता : कामना न्यौपाने /

शिर्षक : आत्महत्या /

सुन त ,
एउटा जन्मदाताले
आफ्नै सन्तानहरुको हत्या गर्यो रे !

थाहा छ ,
ती सन्तानहरु को थिए ?
सपना, लक्ष्य, भावना
माया र भविष्य

क्रुर हो ऊ
आफ्नै सन्तानहरुको
हत्या गर्न सक्ने,
कायर हो ऊ
सन्तानलाई हुर्काउने चुनौतीसंग
आत्मसमर्पण गर्ने

तर,
तिमीले उसको चिच्याहट,
दुनियाँले उसका सन्तान निमोठ्दा
चर्कीएको उसको छाती,
निराशा भरिएका आँखा देख्यौ ?
मुस्कान पछाडीको आँशु देख्यौ ?
अहँ, देखेनौ,
मैले पनि त देखिन

फेरी, उसलाई हत्यारा भन्ने
हाम्रो अधिकार के ?

जति नै तर्कमा अल्झिरहूँ
यी बहसले उसका
सन्तान फर्किने छैनन् ,
निश्चित त यो पनि
गर्न सक्दैनौं की
अब कुनै जन्मदाता हत्यारा बन्ने छैनन्

त्यसैले त आऊ,
एक अर्कालाई
साथ दिंदै
मिलेर हुर्काऔं हाम्रा सन्तानहरुलाई

तिम्रो कल्पना ,
मेरो सपना हुनसक्छ
मेरो लक्ष्य
उसको भविष्य हुनसक्छ
उसको भावना
तिम्रो प्रेरणा हुनसक्छ
तिम्रो सहानुभूति
उसको जीवन बन्नसक्छ …………………………

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Back to top button