कला साहित्य

अम्बिका कार्कीको डियर विप्लव काका…

अम्बिका कार्की `अमु´

डियर विप्लव काका के गरौं अब मेरो बल छैन ।
तिमीलाई सपोर्ट गर्ने थिएँ भरे खाने चामल छैन ।

युद्धको चपेटोले घाइते भएकी सिपाही पत्नी हुँ
खुल्ला आकाश मेरो घर हो झुपडी छैन महल छैन ।

छोरा छोरी गनगनाई रहन्छन् आफ्नै ताल र सुरमा
जमाना अनुसार चल्न पनि शरीर ढाक्ने सल छैन ।।

पेट पाल्नलाई दोबाटोमा पसल थापें जिन्दगीको
घरीघरीको देश बन्दले ग्राहकहरूको चहल पहल छैन ।

अझै कति पुछी रहन्छौ दिदीबहिनीको सिउँदोलाई
मुहान यो सुकिसक्यो आँखामा पनि भल छैन ।

म पनि त बिद्रोही हुँ देशको खातिर मर्नसक्छु
शान्तिपूर्ण बिरोध गरौं यो भन्दा कुनै हल छैन ।।

सर्लाही हाल चितवन ।।

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Back to top button