प्रदेश ५

विप्लवको बन्दलाई मध्यनजर गर्दै गुल्मीमा सुरक्षा ब्यवस्था कडा

गुल्मी – बिहिबार हुने भनिएको विप्लप समुहको नेकपाको बन्दलाई लिएर गुल्मीमा सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

ठाउँठाउँमा गस्ति खटाउने, कुनै खतरा हुनासाथ प्रहरी तुरुन्त उपस्थित हुनेगरी व्यवस्था गरिएको प्रशासनले जनाएको छ ।

आजै देखी अति संवेदनशिल मानिएको ठाउँमा शसस्त्र प्रहरी र नेपाल प्रहरीको सुरक्षा गोष्ठि खटाइएको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौड्यालले जानकारी दिए ।

गुल्मीमा बन्दको धेरै प्रभाव नपर्ने र यदि कहिँ कतै भईहाले तुरुन्त प्रहरीलाई खबर गर्न पनि प्रजिअ पौड्यालले आग्रह गरे ।

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Back to top button