मुख्य समाचार
ट्रेन्डिङ

६० हजार वर्ग किलोमिटर जमिन भारतले कब्जा गरेको भन्दै जेनेवामा पर्दर्शन

काठमाण्डौ – भारतले सन् १९४७ अगस्त १५ देखि नेपालको करिब ६०,००० वर्ग किलोमिटर जमिन कब्जा गर्दै आएको ज्यादतीका विरोधमा प्रर्दशन हुने भएको छ । ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाको नेतृत्वमा स्विजरल्यान्डको जेनेभास्थित ब्रोकन चेयर भन्ने ठाउँमा भोली अर्थात मार्च १४ तारिख बिहिबारका दिन प्रर्दशन हुन लागेको हो ।

मोर्चाका अध्यक्ष तथा ग्रेटर नेपालका अभियन्ता फणीन्द्र नेपालले जेनेभामा हुने ग्रेटर नेपालको पहिलो र ऐतिहासिक विरोध प्रदर्शनमा सहभागी बन्न यहाँ बस्ने सबै नेपालीलाई आव्हान गरेका छन् । उनले प्रर्दशन मार्च १४ दिउँसो १२:३० देखि २:०० बजेसम्म हुने बताए । उनले जेनेभामा बसेका र जेनेभास्थित ब्रोकन चेयरमा आउन सक्ने सबै नेपालीलाई प्रर्दशनका लागि उपस्थित हुन अनुरोध पनि गरेका छन् । मोर्चाले ग्रेटर नेपालको अभियान चलाउँदै आएको छ

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Back to top button