मुख्य समाचार
ट्रेन्डिङ

अपडेट – इथियोपियन विमान दुर्घटनामा ज्यान गुमाऊने नेपाली नागरिक एकता अधिकारी

जागरणपोस्टलाई प्राप्त जानकारीअनुसार इथियोपिया र केन्याको सिमानजिक भएको इथियोपियन एयरलाइन्सको विमान दुर्घटनामा परि नेपाली नागरिक एकता अधिकारी को मृत्यु भएको पुष्टि भएको छ। नाईजेरियामा रहेका एनआरएन सचिव हिक्मत थापाले जानकारी गराऊनुभएअनुसार गोर्खा घर भई विश्व खाद्य कार्यक्रम (WFP) कार्यक्रमअन्तर्गत इथियोपियामा कार्यरत अधिकारीको उक्त जहाज दुर्घटनामा परि निधन भएको हो। एकता दई वर्ष अघिसम्म नेपालकै विश्व खाद्य कार्यक्रमसम्बद्ध रहेर काठमाडौंमा कार्यरत थिइन् । विशेषतः नेपालमा आएको २०७२ को भूकम्पपछिको विपत्को स्थितीमा एकता विश्व खाद्यको ‘आपतकालिन राहत कार्यक्रम’मा संलग्न थिइन् ।

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Back to top button