कला साहित्य

जागरण साहित्य – सन्दर्भ विश्व नारी दिवस

शोभा काफ्ले खतिवडा

जर्मन नागरिक क्लारा जेटक्लिनले अथक सड्घर्ष गरेर नारीलाई पनि
पुरुष सरहको समान हक र अधिकार
प्रदान गर्न र शिक्षा ,कार्यक्षेत्र र घरदेखि सत्ताका हरेक तहमा नारीहरुलाई पनि सम्मान र समानता प्रदान गर्न सड्घर्ष गरि राज्यबाट समेत स्विकृती र सफलता प्राप्त गरेको यो पावन दिन अर्थात विश्व नारी दिवश

हामी सबै नारी ,पुरुष र यो
जन्मभूमिका र सारा जगतका
मानिससहित यो विश्व
जगतलाई नै अन्तर्राष्ट्रीय नारी दिवसको हार्दिक शुभ कामना !

नारी :
नारी तिमी नै त हौ अति सुन्दर ;
बोट यस धर्ती अनि यो धराकी !
फल्नु है लटरम्म यसरी तिमी ;
फलिभूत बनि हरेक गर्हाकी १।

तिम्रा त्याग सहितका कर्मले रमुन ;
सारा देश अनि घर र हर परिवार!
तिमीलाई मायाँ र सम्मान मिलोस् ;
नहोस है कहिल्यै नि तिम्रो अपमान !!

समय:
बसन्तले पनि हेर पालुवा र फूलमा
मुजुरा र मिठो रड्ग पो छर्दै छ!
धर्ती पनि कलिला तृण ओछ्याएर ,
नव युगको स्वागत कसरी गर्दैछ !!

कर्म:
हरेक मन पनि हरपल रमाओस यहाँ
कर्म अति तिमीले असल गर्नु !
कलामा पनि रमाउनु अनि घर र देश पनि तिम्रो मायाँले सजाउनु !!

कर्तब्य:
कुनै काम नगर्नु है यो देशको शिर
कतै पनि झुक्ने गरी !
गरिमा बढाउनु है सँधै नारी तिमीले असल नारीहरुलाई सम्झि !!

भाव :
भेद भाव पनि नहोस् कहिले कसैबाट
अवोध हरेक नर ,नारीहरुमा !
युवाको पनि अति सम्मान होस् देशमा
हरपल रमुन सबै जन्म भूमिमा !!

देश:
धरा यो जगमग घाम र जूनका हर किरणसित खेल्दै हाँस्दै रमाओस्!!
ईश्वरको बाणी र वेदका ऋचाले ;
भूमि मेरो हरपल पबित्र बनोस् !!

समानता:
हरेक मनहरुमा सद्दभावको यहाँ ;
बीजारोपण पनि अव भै रहोस् !
यस मुलुकको पनि अव त उन्नति
र साँचो रुपमा बिकास नै होस्!!

अपेक्षा:
सम्मानित हुन हर नारीहरु देशमा ,
हाँसुन हरपल आमाहरु !
हरेकक्षण खेलुन हाम्रा आड्गनिमा ;
रमाएर सबै छोरीहरु !!

ज्ञान:-
शिक्षा समान रुपमा पाउन् छोरा अनि छोरीहरुले पनि यस देशमा !
घरबाट चुल्हो पोत्दै विज्ञान हाँकुन निर्वाध नारीहरु हर प्रदेशमा !!

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Back to top button