कला साहित्य

जागरण साहित्य

रचयिता – अम्बिका कार्की `अमु´ –

पीडाको आगोमा आफ्नैले घ्यू हाल्छन् यो सत्य हो ।
पराइले बरु कुनै विकल्प निकाल्छन् यो सत्य हो ।

गरीबलाई देखेपछि ओल्टाइ पल्टाइ हेर्ने मान्छेहरूले
धनीहरूका दाग पनि पखाल्छन् यो सत्य हो ।

बुझ्ने भएदेखि झ्याम्म परेको रुख देखिरहेछु त्यहाँ
सर्लक्क परेकोलाई छानीछानी ढाल्छन् यो सत्य हो।

सन्तानको भोक ,प्यास र खुशी लुट्नेहरू हो सुन !
चराहरूले समेत बचेराका लागि संगाल्छन् यो सत्य हो।

आज कसौंडी कोतर्नु परेकै कारण आमाको दुख बुझें
सुख हुनेले त आमा बा पनि अन्तै पाल्छन् यो सत्य हो ।

सर्लाही हाल चितवन ।।

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Back to top button