विशेष

देश बुझौं, देश बुझाऔं शृङ्खला -१

दधिराम आचार्य

१) सामाजिक समृद्धिका लागि अनुशासनको महत्वका सम्बन्धमा चर्चा गर्दा नियम कानूनको परिपालनको आबश्यकता हुन्छ भन्ने पक्षमा जोड दिएको थिए। तर यसो भनिरहदा एकहातले ताली बज्दैन भन्ने सम्बन्धमा पनि जोड दिन चाहन्छु। नियम कानून जन अधिकार मैत्रि हुनु पर्दछ। कसैले नियम कानूनको अबज्ञा गर्दछ भने द्वन्दको समाधान भएको छैन। ओलिले बिप्लबको अबज्ञालाइ कम्युनिष्ट आतन्कबादको दोषारोपण गरे। हिजो यिनीहरूले गरेको कम्युनिष्ट आतंकबाद बैध हुने बिप्लबले उनीहरूकै मार्गचित्रमा हिडदा कम्युनिष्ट आतंकबाद हुने कसरी ? यो दोहोरो मापदन्ड भएन र? यस्को सन्देश स्पष्ट छ। नया संबैधानिक ब्यबस्था द्वन्दको पेटारो हो। यो ब्यबस्था द्वन्द समाधान गर्न असफल भएको छ। अहिलेको परिबर्तन सत्ताको परिबर्तन मात्र हो। ब्यबस्थाको परिबर्तन हैन। यो छलाबरण हो।

२) अहिले देशमा राजनैतिक नेतृत्वको हुर्मत लिने लहर चलेको छ। अब त प्रशासनिक आदेशको अबज्ञा पनि गर्न थालिसके जनताले। राजनैतिक नेतृत्वले प्रसंसा गर्न लायक कूनै काम पनि गरेको छैन। यस्ले कसैलाइ सधैभरी ढलिमलि गर्न दिने छाँट छैन। जनताले भत्काउन सिकिसकेका छन्। तर बनाउने कलाको अभाब देखिएको छ। मैले बुझेको सत्य एउटा छ। त्यो शास्वत सत्य हो। जुन साचोले ताला लगाउन सकिन्छ त्यही साचोले खोल्न सकिन्छ। नत्र ताला फूटाउनु पर्ने हुन्छ। अर्को उपाय हुदैन। सरोकारवालाहरूले कुरा बुझुन भन्नका लागि म स्वतन्त्रताको हुलिया दिन चाहन्छु। देशको मूल समस्या भनेको स्वतन्त्रताकै अभाब हो। जनबिरोधि सक्तिले अनुसासित स्वतन्त्रतालाइ खोइरो खन्दछ। स्वतन्त्रता भनेको भाडभैलो र अराजकता हो भन्ने दुस्प्रचार गर्दछ। यही धमिलो पानीमा माछा मार्ने तरिका हो। सबैभन्दा ठूलो जनबिरोधि सक्ति भनेकै सत्ता हो। सत्तानै स्वतन्त्रताको अव्बल बैरी हुन्छ। किन कि यो निहित स्वार्थको रक्षाकबच हो।

३) एउटा पूर्ब सचिब बास्कोटाले नसाबन्दीले बिकासमा सहजिकरण हुने जोडदाररूपले तर्क गरे। बिशेषगरी घुस्याहा कर्मचारीले सर्बसाधारण जनताको ध्यान घुसबाट अन्यत्र मोडन मादक पदार्थ सेवन र यौन दुराचारको चर्को बिरोध गर्दछन्। कूनै पनि उपभोग्य बस्तु सबैको लागि बराबर उपयोगि र अनुपयोगि हुदैन। यो मागमा निर्भर गर्दछ। रक्सी सेवन गर्नेका लागि रक्सी उपयोगि हुन्छ। सेवन नगर्नेका लागि अनुपयोगि। कून बस्तु उपयोगि वा अनुपयोगि भन्ने कुरा नैतिक निरोपणको बिषय हैन। बिकासको समस्या नैतिक निरोपणसग सम्बन्धित हुदैन। अर्थतन्त्रमा निरन्तर आय र ब्यय प्रबहित भएन भने आर्थिक कृयाकलाप ठप्प हुन्छ। यस्लाइ मन्दि भन्छन्। कसैको खर्च कसैको आम्दानी हुन्छ। जति धेरै खर्च हुन्छ कूल राष्ट्रीय आम्दानी पनि बढ्दछ। राष्ट्रीय आयको गणनामा कूल खर्च र कूल आय बराबर हुन्छ। मदिरा सेवन गर्नेका लागि मदिरा उपयोगि हुन्छ ।उपयोगि भएकैले माग गरिन्छ। माग गर्नु भनेकै खर्च गर्नु हो। पहिलाको खर्च दोश्राको आम्दानी हुन्छ। खर्च बिना आय पनि हुदैन। अर्थतन्त्र अर्थात आर्थिक कृयाकलापलाइ सक्रिय राख्न मदिरा लगायत जुनसुकै शिर्षकमा गरिने खर्चले सकारात्मक सहयोग पुर्याएको हुन्छ। यसरी अनुत्पादक खर्च पनि उत्पादक बन्न पुग्दछ छोटो अबधिका लागि। नेपालमा रोजगारीका अबसरहरू सिमित छन्। नेपालको अगुवा क्षेत्र भनेकै पर्यटन क्षेत्र हो। पर्यटकका माग पुरा नगरी पर्यटन क्षेत्रको बिकास हुदैन। आज देशमा धेरथोर जुन रोजगारीको सम्भाबना देखिएको छ त्यो पर्यटन क्षेत्रवाटनै हो। नसाबन्दीले राजगारी बजारमा झन ठूलो मन्दी ल्याउने ठोकुवा गर्न सकिन्छ।घरेलु मदिराको उत्पादन र बिक्री बितरणबाट धेरै मानिसको जिबिकोपार्जन भएको छ। कोहि मदिरा सेवनले बिग्रेका पनि छन्। तर कोही सप्रेको पनि छन्। कोही न बिग्री कोही सप्रदैन पनि।किन्सले त मन्दीका बिरूद्ध जुध्न खर्च अधिक गर भने। आर्थिक मन्दी निर्मूल पार्न वा खर्च बढाउन खाल्डो खन्दै खाल्डो पूर्न सल्लाह दिए।

४) केही जनबिरोधि मानिसहरूले बिदेशिको काधमा चढेर नेपाल आमाको टाउकोमा लात मारेर सत्ताको गुलामिलाइ राजनीतिको ऋद्धसिद्धि मान्न पुगे। सक्नेले लुटेर खाने ब्यबस्थालाइ लोकतन्त्रको रामनामी ओढाइदिए। यस्ले काम गरेर खाने श्रमजिबी जनताको हुर्मत लिएको छ। यिन्लाइ नेपाली जनताले किनारा नलगाए यिन्ले नेपाली जनतालाइ बिस्थापित गर्ने नीति अबलम्बन गरेको छ। बिदेशी सक्ति केन्द्रको भोटे कुकुर बनेर जनताका बिरूद्ध भुक्नुलाइ आफ्नो राजनैतिक सफलता मानेको छ। एउटा भनाइ छ तपाइ आफ्ना बिरोधिहरूको जति चर्को बिरोध गर्नु हुन्छ तपाइ पनि उस्कै चरित्रमा रूपान्तरित हुनु हुन्छ।

५) केही मानिसहरू पश्चिमी जिबन शैली र सस्कृिलाइ सभ्य र पूर्बीय वा रैथाने संस्कृतिलाइ असभ्य मानिरहेका छन्। पश्चिमी मकाले शिक्षाको अन्ध नक्कल यसै बिस्वासको उपज हो। यो बिजातीय सभ्यता हो। पूर्बिय सभ्यता र संस्कृतिमा बिद्यमान जिबनशैली र चिन्तनलाइ पश्चिमी परिबेषमा अपनाउने लहर चलेको छ। तर हाम्रोमा त्यसलाइ छाडने लहर छ। निश्चय पनि प्राचिन सभ्यता र संस्कृतिलाइ उपनिबेषबादीहरूले नियोजित रूपले अपबाख्या गरि जडनिर्मूल गर्ने कोशीष गरिरहेका छन्। हामी आफैले पनि बुझ्न सकिरहेका छैनौ। कतिपय शास्त्रहरूमा रूढीबुढी अन्धबिस्वास र कूरीतीहरू नभएका हैनन्। युगानुकुल हामी आफै पनि परिबर्तित हुन सकेका छैनौ। खायो पियो जियो भन्ने पश्चिमी संस्कृति पूजिबादको उपभोगबादी बजार बिस्तारको योजना हो। हाम्रो जस्तो देशलाइ यस्ले टाटपल्टाइ दिने छ। यो बाह्य संस्कृतिको घुषपैठ हो। सादा जिबन र उच्च बिचारको परम्परागत जिबनशैलीनै बहुजनहीताय हुन्छ। ऋण काढेर भएपनि घिउखाने जिबन शैली सबैको लागि उपयोगि हुन सक्तैन। डार्बिनको सिद्धान्त छ नि! बाच्नकालागि चर्को संघर्ष छ। योग्य बाच्दछन्। अयोग्य लोप हुन्छन्। म यसलाइ अहिलेको सन्दर्भमा पुनरबाख्या यसरी गर्दछु। बाच्नको लागि संघर्ष छ। पैसा हुने बाच्दछन्। पैसा नहुने भोकै मर्दछन्। लुटेराहरूले मात्र पैसा कमाउन जानेको हुन्छ। अहिलेको बिकास मोडेल बहुसंख्यकहरूका लागि गरीब बाहुनलाइ हात्ति दान दिएजस्तै हो। न हात्ति पाल्न सक्दछ न बेच्न। उस्ले छाडा छाडेको हात्तिले दुनियाको निन्द्रा र चैन लुटेको छ।

६) समयले मानिसलाइ धेरै कुरा सिखाउने रहेछ। सिखेको कुरा अरूलाइ पनि बाडन मन लाग्ने रहेछ। यसरी अनुभब साटासाट गर्नु ठिक हो कि हैन?
मानिसको दरिद्रताको मूल कारण भौतिक हुदैन। मानसिक दरिद्रता भौतिक दरिद्रताको प्रमुख कारण हो। देश भित्र पनि थोरै धनि र धेरै गरिब छन्। धनिले उचित अनुचित नैतिक अनैतिक आचार बिचारको पटक्कै ख्याल गर्दैन। तर गरीब मध्यमबर्गले सामन्तबादी नीति नियम र नैतिक आचार बचाउने ठेक्का लिएको छ।
यो संसारमा सबै भन्दा ठूलो उद्योग के हो?के तपाइ भन्न सक्नु हुन्छ?त्यस्को नाम यौन उद्योगनै हो। बिकसित समाजले कमाइका सबै बाटाहरू खुल्ला गरेको छ। तपाइले सुन्नु भएको प्रतिभा पलायन पनि बिकसित देशहरूको समृद्धिको राज हो। अर्को छ यौन पलायन। भौतिक समृद्धिको खोजिमा किसोर र बयस्क युवाहरू बिकसित देशहरूमा बसाइ सरेर सबै प्रकारका फोहोरी र जोखिमको काम गरिरहेका छन्। त्यसमा यौन ब्यबसाय पनि पर्दछ।बिकसित समाजले यौन स्वतन्त्रताको जमानत दिनुको कारण यही हो। अर्को हो मानब बेचबिखन र ओसार पसार। अर्को छ लागु औषधको कारोबार। जुन कारोबार माथि राज्यले प्रतिबन्ध लगाएको हुन्छ त्यस्को कालो बजारी चम्कन्छ। नेपालमा राज्यले निषेध गरेका सबै प्रकारका कारोबारहरू बिकसित समाजमा भइरहेका छन्। यस्लाइ म पेसागत र ब्यबसायिक स्वतन्त्रताको संज्ञा दिन्छु। यस्लाइ खुल्ला अर्थतन्त्र वा स्वतन्त्र ब्यपार समेत भन्न सकिन्छ। यि सबै स्वतन्त्रताहरू पेशागत स्वतन्त्रताहरू हुन्। यही स्वतन्त्रता बिकसित समाजको रहस्य हो। औपचारिकरूपमा कति स्वतन्त्रताहरू नियन्त्रण गरिएको छ भने पनि अनौपचारिकरूपमा नियन्त्रण गरिएको पाइदैन। मानिसले समृद्धिको खोजमा बैध अबैध हर प्रकारका धन्दाहरू गरिरहेको पाइन्छ बिकसित समाजमा। याहा भन्न खोजेको कुरा के हो भने मानसिक दरिद्रता भौतिक दरिद्रता(आर्थिक)को मूल कारण हो। बिकसित समाजले जमानत गरेका अधिकार र सुबिधाहरूको प्रत्याभूति गर्न अबिकसित समाज पछाडि परेमा त्यस्को लाभ बिकसित देशहरूले उठाउने छन्। गरीब देशहरू बन्चितनै रहीरहने छन्। कि सबै कुरा राज्य नियन्त्रित सर्बसत्ताबादी समाजको ब्यबस्था चाहिन्छ कि स्वतन्त्र समाजको निरोपण चाहिन्छ। ओल्लो घाट न पल्लो तिरको खिचडि ढाचाको समाज ब्यबस्थाले कंगालीकरणलाइ जन्म दिन्छ।

(आजदेखि हामी जागरणपोस्ट को साप्ताहिक विशेष प्रस्तुति `देश बुझौं, देश बुझाऔं´ शृङ्खला प्रकाशित गरेका छौं। प्रत्येक आईतवार यो शृङ्खला प्रकाशित हुनेछ।)

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Back to top button