व्यक्ति बिशेष

सामाजिक अभियन्ताको आवरणमा सावित्री सुवेदीको कालोधन्दाको नालीवेली

भ्रष्टाचारविरुद्धकि अभियन्ता शारदा भुसाल झा ले गरिन खुलासा

शुक्रवार भ्रष्टाचारविरुद्ध एवं सूचनाको हकसम्बन्धि लडिरहेकी सामाजिक अभियन्ता शारदा भुसाल झा ले आफ्नो फेसबुक वालमा जयनारीको आडमा महिला हिंसाविरुद्ध लडिरहेकी भनिएकि अभियन्ता सावित्री सुवेदी का बारेमा एक गम्भीर आरोपसहित स्टाटस लेखेकी थिईन। शारदा भुसाल झाको उक्त स्टाटसले सावित्री सुवेदीमाथी गम्भीर आरोपमात्र लागेको छैन, कथित महिला हिंसाविरुद्ध लड्ने सामाजिक अभियन्ता घोषणा गरेकी सुवेदिको कालो धन्दाको बारेमा पनि खुलासा गरेकी छिन। प्रस्तुत छ भ्रष्टाचारविरुद्धकी अभियन्ता शारदा भुसाल झा ले सार्वजनिक गरेको फेसबुक स्टाटस जस्ताको तस्तै:-

“सावित्री सुवेदीको कमाइ खाने धन्दा बारे हामीलाई पहिले थाहा थियोे । सोमा बिक लाई न्याय दिलाउन एकलाख कसरी खाइन पढ्नु होला । त्यति बेला त सोमाले साथ पाइनन तर उनि जहाँ भए नी सावित्री को बारे सुनेर खुशी भै होलिन ।

आजभन्दा दुई वर्ष अघिको नारी दिवस बिहानै मोबाइल बज्यो अपरिचित नम्बर … दि हामी आमा छोरी मर्न जान लाग्या तपाईंलाई फेसबुकमा भेट्ने मन छ भनेकी थे नी म सोमा बिक ……..
म छाँगाबाट खसे जस्तै भएं कहाँ हुनुहुन्छ म आउँदैछु भन्दै हतारमा मोबाइल लिएर निस्किएं । एकपटक म संग भेट्नुस भनी रहे भयो अब त भयो अब त भनी रहनु भो । कता हुनुहुन्छ तपाईं ?? उनले कोटेश्वर महादेव मन्दिर भन्दा अलिक पर भनिन ।
मैले भने मन्दिर निर आउनुस म त्यहीँ आउँछु । फोनमा कुरा भइरहेकै छ म मन्दिर पुगे उनी सानी छोरीको साथमा आइन हाम्रो भेट भो आमाछोरी लिएर म कोठामा आएँ । कतिदिन भो खाना नखाएको भनिन मैले तीनै जनाको लागि खाना बनाएं साथमै बसेर खाना खायौं । छोरीलाई ल्यापटपमा कार्टुन खोलीदिएर हामी कुराकानी गर्न बसिम ।
पहिले ऊनी भक्कानिदै पहिले त निकैबेर रोइन । अनि भन्न शुरु गरिन ।
मेरो घर रामेछाप हो म दिदि सित कोटेश्वरमा बस्छु । मेरा बा आमाले रामेछाप कै कुमार बिक नामको केटासँग बिहे गरिदिए । शुरुमा त ठिकै थियोे तर महिनादिन पछि कुमार घर नआउने आए पनि झर्केर बोल्ने उ आफ्नै बा आमा समेत सँग नि झर्किने च्याँट्ठिने गर्न लाग्यो अनि पछीका दिनमा पिट्ने र गाली गलौज साम्म पुग्यो बुवा र दाजुभाइ लगाइ गाली गर्ने सासुले समेत छोराकै साथ दिने त्यस्तो हुँदा धेरै पटक भागेर माइत आएँ तर बा आमाले सम्झाउँदै त्यही घर पठाइरहे अनि म त्यहाँ बस्नै सकेकी थिइन् पेटमा नानी थिइ केहि दिन दुख गरी बसें । बच्चा जन्मिदा छोरी जन्मेपछी अझै थप पिडा दिए । छोरी जन्मिएको हप्ता दिनमै मकै खन्न पठाए म बारीमा बेहोस भएछु मलाई निकै पिटे सहन सकिन छोरी लिएर फेरि माइत गएँ । केहि दिन त राम्रो थियोे तर छोरी एक महिनाकी पुगेपछि पुन घरमै पठाउन लागेको थाहा पाएर म काठमाडौ आएँ । मेरो दिदी कोटेश्वरमा व्युटीपार्लर चलाउने हुँदा दिदिको मै बस्याछु ।
म काठमाडौ आएपछि अब के गर्ने होला त ? बिए पढेकी छु निमावि स्तर सम्मको पढाउन अनुमतिपत्र पनि छ जागिर गर्नु पर्यो भनेर धेरै बोर्डिङ धाएँ काम पाइन् । दिदिको कोठामा बसेर त्यत्तिकै समय बिताउन सक्दिनथें एकदिन कोरिया जान इच्छुक लाई भाषा सिकाउने भनेर पत्रीकामा पढे अब नेपालमा काम नपाइने भो भनेर कोरिया भाषा सिकेर विदेश जाने सपना बोकि भाषा सिक्न थालें त्यहाँ मेरो पर्वत घर भएको लोकराज पाध्य नाम गरेको हरि भन्ने केटासँग परिचय भो । दिनहुुँ भेट हुँदै गयो अब शुरुमा त साथी मात्रै थियौं उ मेरो कोठामा आउँथ्यो । अनि घण्टौ छोरी सँग खेल्थ्यो । छोरीलाई मलाई बाबा भन बाबा भन भनेर सिकाएको सुने दुख लाग्यो यस्तो नभएको कुरा छोरीलाई नसिकाउ भनेपछि उसले म सँग प्रेम प्रस्ताव राख्यो । मैले भने मेरो र तिम्रो जात मिल्दैन तिम्रो घरमा मेरो पानी चल्दैन म सँग छोरी छ मेरो छोरी कसैले स्वीकार गर्दैन तिमि साथी मात्रै हौ भनेसी म नभएको बेलामा दिदि सित मेरो कुरा चलाएछ दिदिले उसलाई नि गाली गर्नु भएछ मलाई नि निकै गालु गर्नु भो त्यही केटाको कारण मैले कोरियाको भाषा सिक्न जानै छोडिदिएँ ।
घण्टौ घण्टा बाटोमा बसि रहन्थ्यो । केहि गरि बाटो मा आउली भन्ने लाग्दो रैछ मोबाइलमा म्यासेज र रोएको भिडियो पठाएर हैरान पार्यो । अन्त्यमा दिदिले उसलाई कोठामा बोलाएर उँचनिच सम्झाउनु भो । उसले भन्यो आजको जमानामा यस्तो हुँदैन । मन मिलेपछि बुवा आमाले पनि स्वीकार गर्नुहुन्छ । उसले जति पिडा चोट सहेको छ म उसलाई माँया र सम्मान दिन चाहन्छु भन्यो ।
दिदिले सहमति जनाइदिनु भो काठमाडौ आएको तीन वर्ष पछी हाम्रो बिहे हुने भो दिदिले दुई शर्त राख्नु भएको थियोे बुबाआमा सँग भेटेर छिनोफानो गर्ने र पहिलो श्रीमान सँग छोड्पत्र लिने । शर्त स्वीकार गर्‍यो र म हरि सहित रामेछाप गयौं ।
सबै कुरा दिदिले आमाबुबालाई फोन गरेर भन्नुभएको रहेछ । अन्तिम दिन सम्म पनि जात कै कुरा निकालेर बुबाले खुट्टा समातेर यो अनर्थ हो भन्दा हरिले मानेन झुन्डिएर मर्छु भन्यो अनि केहि सिप नलागेर बुबाआमाले टिकोटालो गरिदिनु भो । बिदा भएर हामी काठमाडौ आइम पहिलो श्रीमान सँग छोडपत्रको लागी अदालतमा निवेदन दियौं यो सब काम उसैले गर्‍यो म अहिले पनि तारेख मै छु । उता निवेदन दर्ता भो अनि
२०७३ साल वैशाख २९ गते हामीले गुहेश्वरी मन्दिरमा बिहे गर्यौ र अब घरमा भित्र्याउन मैले दवाब दिए तर नाइ नभन्ने अनेकौं बाहना बनाउदै गयो तर उसले आमा दिदीबहिनी सँग फोनबाट कुरा गराएको थियोे ।
बिहेको केहि महिना पछि पोखरामा बसौं भन्यो र पोखरा लग्यो । पोखरा गएको केही दिन पछि घर सल्लाह गरेर आउँछु भनेको उ आएन उसको फोन नि लागेन महिनौं पोखरामा कुरी बसें अनि काठमाडौ आएँ । उतैको हरिको साथिले हरिको बाहुनी केटी सित बिहे गरेको कुरा सुनायो । म छाँगाबाट खसे जस्तै भएँ । म दिन रात उसकै यादमा रुन लागेँ । छोरीले बाबा जाने भन्छे हामी रुने बाहेक केही सिप लागेन कसलाई भन्ने के भन्ने ? यावत कुरा मनमा लागी रह्यो हाम्रो हक हितका लागि बोलिदिने कोहि छैन भनेर फेसबुकमा एकजना साथिले सावित्री सुवेदी को नम्बर दिए र भने उनले न्याय दिलाइदिने छिन ।
मैले सावित्री सुवेदीलाई फोन गरें उनले सहयोग गर्ने बचन दिइन मैले उनलाई सारा कुरा सुनाए सावित्रीले तिमिले न्याय पाउँछ्यौ यसका लागि पोखरा जानुपर्छ । मैले उसको दिदिबहिनी मार्फत हरि संग कुरा गरिसकेकि छु उ पनि पोखरा आउँछ भनेपछि छोरी अर्काको जिम्मेवारीमा छोडेर म सावित्री सित पोखरा गएँ । राती होटलमा बसियो । बिहानको करिब ९ बजेतिर हरिले सावित्री लाई फोन गर्‍यो सावित्री ले लोकेशन बताइ उ कोठामा पस्ना साथ म हरिलाइ समातेर निकै रुँदै के गरेको तिमिले भन्दै रोएँ म उभिरह्यो एकछिन पछि सावित्रीले दुबै लाई अलग गरि अनि उँचनिचको कुरा गरि रहि सबै दोष मलाई लगाइ म को सँग के बोल्नु जसले अधिकार दिलाउने वाचा गरेकी थिइ उ मलाई जातपातको कुरा सिकाउँदै थिइ मेरो दिमाग भित्र बम पड्केको जस्तो भइ रहेकोे थियो । आँखामा बाढी आइरहेको थियोे त्यसपछि सावित्री के के भतभताइ रहि जवानीको जोशमा मजा लुटेको आरोप लगाइ म सुनि रहें अब तिमी दुइ आफ्नो आफ्नो बाटो लागेको राम्रो हो अब इज्जत वापत गरिखान हरिले सावित्रीलाइ एकलाख नगद दिने र सोमा बिकको खुट्टामा ढोगीदिने फैसला सुनाइ मैले दिने भए हरि देउ होइन भने म केस गर्छु मलाई पैसा चाहिएको छैन हरि चाहियो भनिरहें ।
हरिले जवरजस्ती मेरो खुट्टा ढोगी रह्यो सावित्रीले मेरो दुबै हात समातेर ढोगाइ अनि त्यो एकेलाख आफ्नो ब्यागमा राखी अनि हरिलाइ बिदा गरिदिइ ।
हरि गयो सावित्रीले तैंले न्याय पाइस एउटा बाहुन केटाले तँ कमिनीको खुट्टामा ढोगीदिनु भनेको ठुलो कुरा हो भनी अव तँ सँग भएका सबै भिडियो र फोटो डिलिट गर भनेर आफैले मोवाइल आफैले खोसी डिलिट गरिदिइ अनि मलाई काठमाडौको बसमा चढाइदिइ आफु कता गइ थाहा भएन ।
म सँग काठमाडौमा नि फोटो र प्रमाण हरु थे म दैनिक उसको परिवारलाई फोन गरिरहे । अदालत जाने धम्की दिएँ एक दिन काठमाडौ आउँदैछु भनेर हरिले फोन गर्‍यो तर आएन उ नआएकोले फेरि उसको घरमा फोन गरें हरि अस्ति नै हिंडेको हो हाम्रो सम्पर्कमा नी छैन तलाइ भेट्न गएको मेरो छोरा मारिस मेरो छोरा जिउँदो मर्दो केही ठेगान छैन । छोरा टकार मलाई छोरा चाहियो भनेर हरिलाइ मारेको भनी ज्यान मारेको उजुरी दिए अहिले पुलिसले मलाई खोज्दै छ । म त्यसै पनि गर्दै नगरेको गल्तीको केसमा जेल जानु भन्दा मर्नु जाती लाग्यो । सावित्रीले समेत फोन गरि उल्टै धम्की दिन्छे । सावित्री र हरिको बाउले हरि मारेको आरोपमा उजुरी दिए ।
दिदि र आमाबाबु मलाई दोष दिन्छन् । छोरीको स्कुलको फि तिरेको छैन २१ हजारको बिल भएको छ दिदिले नि वास्ता गर्दिनन एक छाक दिदिले दिन्छन् अर्को छाक आफै व्यवस्था गर्नुपर्छ म नमरे को मर्छ दि? यती भन्दै फेरि रुन थालिन । उनलाई स्वतन्त्र भै बाँच्न नि गार्‍हो परेको रैछ । सबै कुरा मैले Gopal Siwa भाइलाई भने उहाँ मार्फत Saru Sunar जी सँग भेट्यौं । सबै कुरा सुनायौं । त्यसबिचमा मैले हरि भनिने लोकराज पाध्य सँग फेसबुकमा साथी बनाए र त्यो मरेको भन्ने हरि सँग कुरा गरें पछी सावित्रीले थाहा पाएर ब्लक गर्न लगाइछ । आखिर त्यो जिउँदो भएको र भारत भएको उसले लेखोको फोटो खिचेर राखेको प्रमाण काम लाग्यो ।
केहि दिनपछि सरु जी ले एक वकिल सँग भेट गराउनु भो र निवेदन तयार गर्यौ । अनि सोमा बिक लाई साथमा लिएर सर्वेन्द्र खनाललाई भेट्न नक्साल गयौ सबै कुरा सुनायौ निवेदन पनि दियौं । उहाँले टेकुमा एक निवेदन दर्ता गर्न र दर्ता पछि खवर गर्न भन्नु भो । २०७३/१२/२ गते महानगरीय प्रहरी परिसर टेकुमा भए भरका प्रमाण सहित ज्युधनको सुरक्षा लगायत विभिन्न प्रकारका मानसिक यातना बाट फुर्सद दिलाइ पाउँ साथै ज्यान मार्ने व्यक्तिको खोजतलास गरि आवश्यक कानुनी कारवाही गरि पाउँ भनी उजुरी गरिम । दर्ता नम्बर सर्वेन्द्र खनाल सरलाइ दियौं उहाँले पर्वत जिल्ला प्रहरी कार्यालयमा फोन गरि हरि भन्ने लोकराज पाध्य जिवीत भएको र भारतमा रहेको जानकारी गराउनु भयो र केटाको बाउ लाइ बोलाइ केरकार गर्न भन्नु भयो ।
यती गरेपछि मैले १६ सयमा २५ किलो चामल र १४ सयमा ग्यास भरिदिए अनि Ratan Chand Thakuri सर लाई भनेर लाइट नेपालमा १० हजार महिनाको सानोतिनो जागीर लगाइदिए करिब ८ महिना जति काम गरिन अहिले कहाँ छिन थाहा छैन उनका नम्बर बन्द छन् फेसबुकमा समेत सम्पर्क बिहिन छिन । आज पनि उनी आउने बाटो पर्खिरहेछु ।
कारणवस तस्वीर हटाए त्यसको लागी क्षमा प्रार्थी छु ।”

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Back to top button