समाज

सरकार- सिके राऊत समुहबिच भएको ११ बूँदे सहमतिपश्चात के भन्छन बौद्धिक वर्ग?

चन्द्र भण्डारी

केन्द्रिय सदस्य, नेपाली कांग्रेस

“विखण्डनवादी बुलेट सोंचलाई परित्याग गरी ब्यालेटकाे प्रतिस्पर्धामा अाउनु सबै राष्ट्रवादी का लागि हर्षकाे विषय हाे । मातृभूमि नेपाल र हामी नेपाली सबै मिलिजुली देशकाे समग्र समपन्नतामा लाग्नु आवश्यक छ ।यस कुरालाई महसुस गरी नयाँ सोचमा प्रवेशका लागी सि के राउतलाई स्वागत ।साथै नयाँ सोचको नेतृत्व नयाँ सोच भएको नेतृत्व विना हुन सक्दैन”


रविन्द्र मिश्र

नेता, विवेकशिल साझा

“सिके राउतमा आएको परिवर्तन अत्यन्तै स्वागतयोग्य छ। विखण्डन र हिंसाको कथित राजनीति यसैगरी अन्त्य हुँदै जानु पर्छ। विखण्डनका लागि आत्म निर्णयको अधिकार र परिवर्तनका लागि हिंसाको प्रयोग स्विकार्य हुन सक्दैन।”

भिम उपाध्याय
अवकासप्राप्त सचिव, नेपाल सरकार

“सरकार र सिके राउत बीच भएको ११ बुँदे सहमतिलाई असल राजनीतिक पद्दति र संस्कार स्थापीत भएकोमा म हार्दिक स्वागत गर्दछु।”


अम्बरिश पोख्रेल

प्राध्यापक, अमृत साईन्स क्याम्पस, काठमाण्डौ

“जनमत सङ्ग्रह मान्य छैन हामिलाई ।

१. नेपालबाट तराई स्वतन्त्र अर्थात् नेपाल टुक्रा गर्ने कथित जनमत संग्रह हामिलाई मान्य हुने कुरै छैन ।

२. नेकपा पार्टीलाई पनि मान्य छैन होला भन्ने आशा गरौं । सिंगो पार्टीले भने अस्विकार गर्ने छ भन्ने विश्वास गरौँ ।

३. नेपाल राज्यले त्यो स्वीकार गर्दैन तर यो सरकारले देश र जनतालाई धोका दिएको भने हुन् सक्छ । त्यो कुरा नेपाली जनता र आगामी सरकारले दृढापूर्वक अस्वीकार गर्नु पर्छ ।

४. यो देशमा जनमत सङ्ग्रह बाट डराएर हिँडेका थुप्रै एजेण्डा यथावत् छन् । हिम्मत छ भने ती एजेण्डाहरुलाई जनमत सङ्ग्रह गर्ने आँट गर सरकार । हिम्मत छ ?? ”

विश्वप्रकाश शर्मा

प्रवक्ता, नेपाली कांग्रेस

“सिके राउतको रुपान्तरण र सम्झौतालाई हार्दिक स्वागत। नेपालको अखण्डताको जगमा आन्तरिक विमतिहरुको शान्तिपूर्ण हल खोज्ने रास्ट्रीय प्रयत्न जायज

अनेक रंगको अतिवादबाट विगतदेखिनै क्रमशः मुक्ति हासिल गरिरहेको देशलाई
`सबैको र समृद्ध´ बनाउने तीन मन्त्र अहिंसा, सद्भाव र सहकार्य !”

नारायण गाऊँले

स्वतन्त्र विष्लेषक

“सरकारलाई हार्दिक धन्यवाद !
यदि अदालतको फैसला सरकारको यही सेटिंग अनुसार आएको अनुमान सही हो भनेचाहिँ तत्कालका निम्ति सही देखिए पनि विधिको शासनका लागि त्यो गम्भीर चुनौती साबित हुन सक्छ !
प्रसंशा स्वाभाविक थियो, तर ‘प्रचण्डजस्तै’ भनेर विगतको पृथकतावादी सानो झिल्कोलाई राजनैतिक आन्दोलनको गौरव नदिएको भए पनि हुन्थ्यो ।

तर एउटा प्राप्तिमा, विजयमा आउने हर्ष र उत्तेजनामा बोलिएका शब्दलाई अहिल्यै कसी बनाउनु जायज नहोला, सरकार फेरि पनि बधाई को हकदार छ !”


जेपी गुप्ता

नेता, तराई मधेस लोकतान्त्रिक पार्टि

“सिके राउत ‘अलग मधेस राष्ट्र’को मांगलाई परित्याग गरी संभवत: मूलधार कहलिने दलीय प्रतिस्पर्धाको राजनीतिमा आउने घोषणा गरेका छन् । सिकेको यस निर्णयलाई स्वागत गर्नेहरूको पंक्तिमा मेरो पनि स्वागत छ । ‘पृथक मधेस राष्ट्र’ को मांग ठिक होईन।”

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Back to top button