राजनीति

सरकार र सिके राऊत समुहबिच ११ बूँदे सहमति

काठमाडौँ – सिके राउत नेतृत्को स्वतन्त्र तराई मधेस गठबन्धन र सरकारबीच शुक्रबार ११ बूँदे सहमति भएको छ।

सिके राउतले मूलधारको राजनीतिमा आएर स्वतन्त्र मधेस राज्यको माग छाड्ने बताएपछि दुईपक्षबीच राष्ट्रिय सभागृहमा यस्तो सहमति भएको हो ।

शुक्रबारबाट लागू भएको यो सहमतिमा सिके राउत र गृहमन्त्री रामबहादुर थापा बादलले हस्तक्षर गरेका छन् । सहमतिका क्रममा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि उपस्थित थिए ।

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Back to top button