कला साहित्य

आवाज ज्ञवालीका केही अधुरा प्रेमकथाहरु भाग-२

आवाज ज्ञवाली

श्यामले भनेका कुरा अझैपनि मनमा खेलिरहेको थिए
भ्यलेन्टाइन डे निकै नजिक आइसकेको थियो
मैले निर्णय त गरेको थिए शितललाई
पर्पोज गर्ने तर कसरी गर्ने अहिले सम्म कसैलाई पर्पोज
नगरेको म कसरी चै गर्ने होला भनेर मन पिरोली रहेको थिए

शितललाई फोन गरे- उठेन त्यो रात सुते भोलिपल्ट बिहानै
उठे आजको दिन कलेज बिदा थियो न्वाइध्वाई भ्याए र
पुन : शितललाई फोन हाने यसपल्ट फोन Engage आयो
फोन चार्जमा छाडी बिहानको नास्ता कोठामै बनाइ खाए र
एकछिन पछि म बाहिर गिफ्ट पसलतर्फ लम्किए

पसल त पुगे तर मैले त्यहाँ केही लिन सकिन मलाई कुनै
आइडिया नै भएन या भनाैं उनको निम्ति सुहाउँदो गिफ्ट मैले
केही पनि भेट्न सकिन त्यसैले अन्तिम विकल्प मैले एउटा
राम्रो Greeting Card लिए र – Lots Of Unfinished
Love भनेर त्यो Card मा लेखिदिए त्यो पसलबाट एउटा
Greeting Card र एउटा रातो गुलाफ बोकेर म कोठा आए

कोठा आइपुग्ने बित्तिकै हतार – हतार मोबाइल चार्जबाट थुते
शितलको एउटा मिसकल आएर बसिराखेको रहेछ उनलाई
फेरिपनि फोन लगाए पुन फोन Engage नै आयो मलाई
अचम्म लाग्न थालिसकेको थियो यी सबै कुरा भुलेर मैले
उनलाई Msg type गरे = Sital l wanna Meet You
एउटा कुरा भन्नुथ्यो I lt s Urgent ….lf U Are Free Meet
Me Tommoorrow …..यति लेखेर मैले Msg send गर्दिए
एकैछिनमा msg delivered पनि भयो

त्यसको त्यस्तै १० मिनेटपछि बल्ल शितलको msg आयो
आजै भेटे हुँदैन र भोलि त खै कुन्नी भ्याउछु भ्याउदिन
उनको यो msg ले कताकता मलाई पोलेपोले जस्तो लाग्यो
मैले नि msg पठाइदिए नाई यार आज भ्याउदिन ….भोलि
मिलाउन एकैछिन त होनि
उनको msg आयो = ok ! Came To Glorious
Garden…. we will Meet There….. तिमीलाई भोलि
एउटा Surprise plan गरेको छु ढिला नगर्नु है

उनलाई मैले चै Surprise दिन्छु भनेको थिए तर उनले उल्टै
मलाइ Surprise दिन्छु भनेर मै आफै Surprised भएको
थिए उनका यी हरेक शब्दमा म मायाको मिठास पाउन थाले
आजको दिन आखिर मैले एकदमै रमाइलाका साथ बिताए
आज म धेरै नै खुशी थिए
मान्छेहरुले भन्ने गर्छन नि मान्छे धेरै खुशी हुनुहुदैन यदि उ
धेरै खुशी हुन्छ भने उसले धेरै रुनुपर्छ साच्चै नै सत्य भनेका
छन् सत्य कुरा सधैं तितो नै हुन्छ

म भोली बिहानीको पर्खाइमा थिए रातभरि निन्दा नै लागेन
एक्लै कोठामा practise गर्दै बसे शितललाई भोलि कसरी
प्रपोज गर्ने भनेर विभिन्न चलचित्रहरु पनि हेर्न भ्याइसकेको
थिए मैले चलचित्र हेर्दै त्यसमा हिरोले हिरोइनलाई प्रेमप्रस्ताव
राखेको scence हेर्दै practise गर्दागर्दै कुन बेला बिहान
भएछ पत्तै पाइन

हतारहतार न्वाइध्वाई भ्याइ चिटिक्क परेर उनले बोलाएको
Glorious Garden तर्फ लम्किहाले तर यो साला काठमाडाैंको जाम ….जाममै पो फसे म त शितलको फोन
यसपटक गरेर ५ फेर सम्म आइसकेको थियो अोए
आउँदैनाै तिमी कति ढिला गरेको झन् Surprise दिन्छु
भनेको उ पनि आउँन लागि सक्यो
म बोले आइहाले अब १० मिनेट यति भनेर मैले फोन राखे
मेरो मनमा एक्कासि प्रक्ष्न तेर्सियो ऊ शितलले कसको
बारेमा कुरा गरेकी आखिर अर्को को आउँदै छ उनालाई
भेट्न मनमा बेचैनी हुन थाल्यो १०-१५ मिनेटपछि जामलाई
छिचोल्दै म शितलले बोलाएको Glorious Garden मा पुगे

म यताउता गर्दै शितललाई खोज्न थाले प्रेमी जोडिहरु यत्रतत्र
चारैतिर छरिएका थिए सायद आज प्रेम दिवस भएर नै होला
एक्कासि एउटा चर्को आवाजले मेरो ध्यान एकतर्फ केन्दित
गर्यो आखिर उनको साच्चै नै व्वाइफेन्ड रहेछ मैले त उनले
पहिले ख्यालख्याल भन्या होला भन्ने सोचेको थिए किनकि
मैले मजाक गरेको भनेर उनी आफैले भनेकी थिइन् मलाई
सत्य सधैं तितो हुन्छ भन्छन् नि हो त्यस्तै भयो मलाई मैले
उनको व्वाइफेन्ड छ भन्ने कुरा त्यसदिन मात्रै थाहा पाए जुन
दिन भ्यालेन्टाइन डे को दिन थियो उनले पहिले नै यी सब
कुरा भनेको भए मैले येत्रो सपना त सजाउने थिइन नि मनमा

आज हरेक प्रेमि प्रेमिकाले एकआपसमा माया साटासाट गर्ने
दिन थियो हुन त माया गर्नेलाई भ्यालेन्टाइन डे आउनैपर्छ
भन्ने होइन तर हामी नेपालीहरुमा यो भुत धेरै अगाडी देखि नै
छिरेको छ जसमध्ये म पनि यो भुतको सिकार भैसकेको थिए
त्यसैले त मैले पनि आफुले मनैदैखी मन पराएको साथी
अर्थात् आफुले मनैदेखी चाहेको शितललाई प्रेम प्रस्ताव राख्ने
निर्णय गरिसकेको थिए त्यो पनि आजकै दिन
आवाजलाई पछचाउँदै जादा नै मैले शितललाई अरु संग
देखेको थिए त्यो आवाज अरु कसैको नभएर शितलको थियो
उनी खुशीले कराएकी रहिछन् सायद उनको अगाडि एउटा
ब्यत्ति घुडा टेकेर FilmyStyle pose मा purpose गर्दै
थियो जुन Style मा म जसलाई purpose गर्न चाहन्थे
उनलाई अरु कसैले नै purpose गरिरहेको थियो मेरा
आँखाका अगाडि उनी अरु कसैको अङ्गालोमा बाधिएकी थिइन्
हो उनी हो उनी ………………

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Back to top button