कला साहित्य

राम शर्माको एक थान गजल

भाग्यलाई नै बदल्न भनी आइयो प्रदेशमा।।
अनेक दु:ख हन्डर हरु पाइयो प्रदेशमा।।

भोकैपनि सुतियो त,कहिले भैयो आधा पेट
सुकेका रोटि, आँसु सँगै खाइयो प्रदेशमा।।

हिँडियो तातो बालुमा खालीखुट्टा बजारेर
फाट्या कमेज दसठाउँ टाली लाईयो प्रदेशमा।।

विदेशिको आगनिमा सपना सबै जलाएर
रुँदै रुँदै डाँको छोडेर, कराईयो प्रदेशमा ।।

यस्तै पिर बेदनाका विरसिला शब्द जोडि
मन बुझाउन भनी गजल गाइयो प्रदेशमा ।।

राम शर्मा

प्रवास बाट।

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Back to top button