समाज

१० बर्षिया बालिका बलात्कार आरोपमा शिक्षक पक्राऊ

गाईघाट – आफ्नै विद्यार्थीलाई बलात्कार गरेको आरोपमा शिक्षक पक्राउ परेका छन्। उदयपुरको कटारी नगरपालिका- ८ का एक शिक्षकलाई प्रहरीले मंगलबार साँझ पक्राउ गरेको छ। पढाउने बहानामा बालिकाको घरमा गएका शिक्षकलाई जबरजस्तीकरण गरेको आरोपमा पक्राउ गरेको प्रहरीले जनाएको छ।

१० वर्षीया बालिकालाई जवरजस्तीकरणी गरेको आरोपमा जनप्रिय आधारभूत सिरिसेमा अस्थायी शिक्षक २८ वर्षीय विनोद लोहनी पक्राउ परेका हुन्। चितवनको कठार नगरपालिका-४ घर भई कटारी नगरपालिका- ८ स्थित जनप्रिय आधारभूत विद्यालयमा कार्यरत लोहनीलाई गस्तीमा रहेको अस्थायी प्रहरी चेकप्वाईन्ट वेतेनीको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख एसपी चन्द्रदेव राईले बताए।

आरोपितविरुद्ध परिवारले बुधबार इलाका प्रहरी कार्यालय कटारीमा जाहेरी दिएका छन्। पक्राउ परेका आरोपितलाई प्रहरी हिरासतामा राखी अनुसन्धान भइरहेको एसपी राईले जानकारी दिए।

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Back to top button