मुख्य समाचार
ट्रेन्डिङ

Breaking News : मन्त्री अधिकारी चढेको हेलिकप्टर दुर्घटना

मन्त्रीपरिषद्को आकष्मिक बैठक बस्दै

काठमाण्डौ – संस्कृति, पर्यटन तथा नागरिक उड्यानमन्त्री रवीन्द्र अधिकारी चढेको एयर डाइनेस्टिको सम्पर्कविहीन दुर्घटना भएको छ।
उक्त हेलिकप्टर ताप्लेजुङमा सम्पर्कविहीन भएको हो । गृहसचिव प्रेम राईले राज्यव्यवस्था समितिको बैठकमा दुर्घटनाबारे जानकारी गराए। दुर्घटनाबारे थप विवरण आउन बाँकी छ। उक्त हेलिकप्टर सम्पर्कविहीन भएको बताइएको छ। मन्त्रीसहित ६ जनाको टोली पाथिभरा मन्दीर दर्शन गरेर चुहान डाँडा एयरपोर्ट निरिक्षणका लागि जाँदै गर्दा दुर्घटना भएको हो । दुर्घटना परेको हेलिकप्टरमा पर्यटन मन्त्री अधिकारी, यति एयरलाइन्सका अध्यक्ष आङछिरिङ शेर्पा, प्रधानमन्त्रीका सरकारी स्वकीय सचिव युवराज दाहाल र अर्जुन गुरुङसहित ६ जना सवार रहेका बताइएको  छ। 

को को थिए हेलिकप्टरमा?

संस्कृति, पर्यटन तथा नागरिक उड्यानमन्त्री रवीन्द्र अधिकारी चढेको एयर डाइनेस्टिको विमान दुर्घटना भएको हो । 
उक्त हेलिकप्टर ताप्लेजुङमा सम्पर्कविहीन भएको हो ।ताप्लेजुङको फुङलिङ नगरपालिका-१० सिस्ने भन्ने ठाउँमा दुर्घटना भएको ताप्लेजुङ विमानस्थलले विराटनगर टावरलाई जानकारी दिएको छ । गृहसचिव प्रेम राईले राज्यव्यवस्था समितिको बैठकमा दुर्घटनाबारे जानकारी गराए। उक्त हेलिकप्टर सम्पर्कविहीन भएको बताइएको छ। मन्त्रीसहित ६ जनाको टोली पाथिभरा मन्दिर दर्शन गरेर चुहान डाँडा एयरपोर्ट निरिक्षणका लागि जाँदै गर्दा दुर्घटना भएको हो ।
दुर्घटना परेको हेलिकप्टरमा पर्यटन मन्त्री अधिकारीसहित ६ जना उक्त हेलिकप्टरमा सवार थिए। हेलिकप्टरमा मन्त्री अधिकारी, यति एयरलाइन्सका मालिक आङछिरङ शेर्पा, वीरेन्द्रप्रसाद श्रेष्ठ, युवराज दाहाल र अर्जुनकुमार घिमिरे सवार थिए। ठूलो आवाजसहित आगो बलेको सूचना आएपछि प्रहरी र स्थानीयवासी दुर्घटनास्थलतर्फ लागेको ताप्लेजुङका एसपी सञ्जयसिंह थापाले बताए। 
विमानस्थल स्रोतले हेलिकोप्टरमा आगो लागेको सूचना प्राप्त भएको जनाएको छ ।

आगो लागेको देख्यौं : प्रत्यक्षदर्शी

दुर्घटनामा परेको संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी सवार हेलिकोप्टरमा आगो लागेको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ । काठमाण्टडौबाट पाथिभराका लागि उडेको अधिकारीसहित ६ जना सवार हेलिकोप्टर ताप्लेजुङको पाथिभरा क्षेत्रको सिस्नेमा दुर्घटना भएको हो । ताप्लेजुङ प्रहरीका प्रमुख एसपी सञ्जय सिंह थापाका अनुसार स्थानीयले हेलिकोप्टरमा आगोको मुस्लो देखिएको जानकारी प्रहरीलाई गराएका थिए । यद्यपि घटनास्थलमा उद्धारकर्मी नपुगेकाले थप विवरण आउन बाँकी छ । दुर्घटना भएको हेलिकोप्टरमा मन्त्रीसहित यति एयरका सञ्चालक आङछिरिङ शेर्पा र प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका उपसचिव युवराज दाहाल पनि सवार थिए । ताप्लेजुङ प्रहरी प्रमुख जिल्ला अधिकारीसहितको टोली १५ मिनेटमा घटनास्थल पुग्ने प्रहरीले जानकारी दिएको छ । घटनास्थल निक्कै ठुलो भीरमा  भएको र हिउँ परिरहेकोले हेलिकप्टरनजिक पुग्न सकेका छैनन।

मन्त्रीपरिषद्को आकष्मिक बैठक

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुलाई बालुवाटार बोलाएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारी चढेको हेलिकोप्टर दुर्घटनामा परेको खबर सार्वजनिक भएपछि प्रधानमन्त्री ओलीले मन्त्रीहरुलाई बालुवाटार बोलाएका हुन् ।

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Back to top button