प्रदेश ५

पुल नै नभएको ठाऊँमा किचकिन्नी पुल !

नवलपरासी – पुल नै नभएको स्थानमा किचकन्नी पुल भनेर साईनबोर्ड राखिएको भेटिएको छ। गैंडाकोट नगरपालिका वडा नं ९ को थुम्सी बजार सिद्धिनेबित्तिकै जंगल सुरु हुन्छ। जंगल सुरु हुने ठाउँमा भर्खरै सडक विभागले ‘किचकिन्नी पुल’ भनेर परिचयात्मक साइनबोर्ड राखेको छ। सर्वप्रथम त ‘किचकिन्नी’ नभएर ‘किचकन्नी’ शब्द शुद्ध हो। दोस्रो कुरा त्यहाँ कुनै पुल छैन। तेस्रो कुरा जंगलको प्रारम्भ हुने ठाउँदेखि पितौंजीसम्म जंगलैजंगलको भाग छ र वनको बाघले खाओस् नखाओस् मनको बाघले खान्छ भनेझैं सुनसान ठाउँमा यात्रा गर्ने सवारी चालकहरूका मनमा किचकन्नीको मानसिक डरले दुर्घटना हुने प्रबल सम्भावना हुन्छ भने यात्रीहरू पनि डराउन सक्छन् । चौंथो कुरा त्यो क्षेत्र बढी दुर्घटना हुने क्षेत्रका रूपमा परिचित छ र ‘किचकन्नी पुल’ भनेर बोर्ड राखिँदा झनै दुर्घटना बढ्ने सम्भावना रहन्छ । पाँचौं कुरा ‘किचकन्नी’ शब्दसँग अपरिचित ससाना बालबालिकाले किचकन्नी भनेको के हो भनेर सोधे भने उनीहरूका मनमा समेत सदैव त्यो बोर्ड देख्ता भय उत्पन्न भइरहन्छ । तसर्थ यस किसिमको तर्साउने बोर्ड तत्काल हटाउने विषयमा स्थानीय जनता, ९ नं वडा कार्यालय र गैंडाकोट नगरपालिकाको समेत बेलैमा ध्यान पुग्न जरुरी छ। सडक बिभागले पुल नै नभएको स्थानमा कसरि किचकन्नी पुल भनेर साइनबोर्ड राख्यो? कतै सडक बिभाग र ठेकेदारको मिलेमतोमा पुल नै नबनाई कागज र सडकमा मात्र देखाएर पुलको लागि आएको रकम अनियमितता भएको त छैन? यसवारेमा खोजबिन हुनु जरुरी छ।

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Back to top button