कला साहित्य

शनिवार साहित्य – जागरण साहित्य

बिधा : कविता

शीर्षक : गरिमा देशको मिलेर जोगाऔँ

रचयिता : शोभा काफ्ले खतिवडा

हिमाल शोभा दिएर यसरी
हाँसी नै रहेकोछ!
नेपालीको नाशो यो प्यारो
राष्ट्र भएकोछ !!

पूर्खाको कस्तो तप ,त्यागले ;
बनेको मुलुकको!
जोगाऊँ सिमाना हामी मिलेर ;
यो देशको!!

अखण्ड राखौँ है हाम्रो सारा ;
राज्य हामी !
मिलौँ न हामी हामी नेपाली ;
दाजु र भाइ!!

दिदी बहिनी,आमा,
पत्नी र छोरी !
सबैको सहयोग मिलोस्;
हाम्रो देशलाई!!

राज्यको नीति नियम होस् है ;
अति नै दरिलो!
सातै प्रदेश होस् सशक्त
अति बलियो !!

समृद्दि विकास देशका
हर भु-भागको !
समान रुपमा बिकास ;
होस् मुलुकको!!

के लाने हो र खै मरि ;
जाँदा नि स्वर्ग !
कति थुपार्ने हो धन किन;
हो यति धेर!!

सन्तान योग्य अनि
कर्मठ बनाऔँ!
अपाड्ग पार्ने गरि त
धन न थुपारौ !!

देशका हरेक भागमा ;
उद्योग खोली!
नेपालीको बढाऔ
धनको झोली !!

गरेर खाने अनेकौँ बिकासका पाटाहरुको !
युवा र सारा कर्मठ हामी नेपालीहरुको!!

यो अखण्ड राष्ट्रको ;
महिमा बुझेर !
खानीका सारा सम्पति ;
जतिछन झिकेर !!

बिहान हाँसेर किरण छाड्ने ;
पवित्र घामझैँ !
ताराले समृद्द विशाल त्यो
आकास् झैँ !!

सागर झैँ कलकल बग्ने ;
विशाल नदीहरुको!
चन्द्रले शोभा दिने अखण्ड ;
यस्तो भूमिको !!

युवाको ज्ञानले यो
मुलुक बनाऔँ !
समृद्द राष्ट्रको गरिमा ;
हामी बढाऔँ!!

पार्टी जति छन सबैलाई;
परित्याग गर्दै !
अहंको सिद्दान्तलाई पनि
परित्याग गर्दै!!

हरेक उमेरको मनलाई मानवीय;
पनले मिलाई!
नेपाल आमाका असल सन्तान
बनौँ अव हामी !!

युवा शक्ति देशको देशमै
बसोस् है सदादिन !
श्रमको सम्मान तिनलाई मिलोस् ;
है हरेक क्षण !!

मानिसका श्रम र सिपलाई ;
देशले नै बुझेर !
श्रम स्वषण यो देशबाट ;
उन्मुलन गरेर !!

सिमा सुरक्षा मुलुकको अति नै ;
दरिलो बनाई !
परराष्ट्र नीतिलाई अति ठुलो ;
सम्मानित गराई!!

हाम्रो र यो देशको गरिमा सारा ;
जगतमा जोगाऔँ!
मिलेर नेपाली यो देश अव त ;
सुन्दर बनाऔँ!!

देश कला अनि संस्कृतिलाई ;
सबै मिलेर जोगाऔँ!
नेपाल हाम्रो जन्मभूमि हो ;
यस्को पूजा गरौँ !!

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Back to top button