अर्थ बजार

एकैदिन एनसेलको ६ टावरमा हमला

काठमाण्डौ – शुक्रबार राति देशभरका ६ ठाउँमा रहेका एनसेलका टावरमा आगजनी भएको प्रहरीले जनाएको छ।

नेपाल प्रहरीका उत्तमराज सुवेदीका अनुसार कञ्चनपुर, कास्की, रूपन्देही, काभ्रे, पुर्वी रूकुम तथा रोल्पा जिल्लामा रहेका एनसेलका टावरमा आगजनी भएको बताएका हुन्।

उनले थप ठाउँहरूमा पनि सोही प्रकृतिका घटना भएनभएको बारेमा बुझ्ने क्रम जारी रहेको पनि बताए। दुर्गम स्थानमा पनि टावरहरू रहेकाले थप घटना भएको हुनसक्ने अनुमान रहेको उनको भनाइ छ।

प्रहरीको प्राम्भिक अनुसन्धानमा शंकाको घेरामा नेत्र विक्रम चन्द ‘विप्लप’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको हात रहेको शंका गरिएको बताए। उनले शंका भएपनि त्यसलाई पुस्टि गर्ने आधार भए नभएको अनुसन्धान भइरहेको पनि जनाएका छन्।

ललितपुरको नख्खुस्थित एनसेल मुख्यालय अगाडि शुक्रबार साँझ अज्ञात समूहले बम बिस्फोट गराएपछि देशभरबाट एनसेल लक्षित घटनाहरू सार्वजनिक भइरहेका छन्।

एनसेल मुख्यालयमा साँझ ७ बजेर ५५ मिनेटमा शक्तिशाली बम बिस्फोटबाट तीन जना घाइते भएका थिए जसमध्ये एकको शनिबार विहान निधन भएको छ।

विस्फोटबाट प्रतिक्षा खड्का, उरूषा मानन्धर र सिंहप्रसाद गुरूङ गरी तीन जना पैदल यात्रु घाइते भएका थिए जसमध्ये लमजुङ घर भई ललितपुरको भैंसेपाटी बस्दै आएका ४९ वर्षीय सिंहप्रसाद गुरूङको मेडिसिटी अस्पतालमा उपचारका क्रममा शनिबार बिहान १ बजे मृत्यु भएको हो।

त्यसैगरी कमलपोखरीमा भेटिएको एक बमलाई निस्क्रिय पारिएको थियो।

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Back to top button