कला साहित्य

जागरण साहित्य – अम्बिका कार्की

बिधा : गजल

रचयिता : अम्बिका कार्की `अमु´

जिन्दगी यसरी पढेकी छु सडकबाट ।
जसरी रचना पढिन्छ समालोचक बाट ।

नारी भएकै कारण मौन बस्न बाध्य छु
मनले उनलाई चाहेपनि पहिलो झलकबाट ।

उस्तै लाग्छ पिजडाको चरा र छोरीहरू
आखिर कहिले मुक्त हुन्छन् बन्धक बाट ?

छोरी भन्छे मलाई मात्र हेरिरहन्छ स्कुलमा
म कसरी जोगिन सक्छु आमा! शिक्षकबाट ?

मैले सतर्कता अपनाउन थालेकीछु महोदय !
असुरक्षित महसुस भएदेखि समर्थक बाट ।

सर्लाही हाल चितवन ।।

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Back to top button