
गुल्मी – रुरु गाउपालिका वडा नं ५ बम्घामा सरकारी बिद्युतमा चरम लापरबाही भएको पाईएको छ । बम्घाका धेरै ठाउँमा सामुदायिक बिजुलीको उपयोग रहेको छ। सामुदायिक विद्धुतिकरणको छोंटो समयमा नै कतिपय ठाउँमा बिजुलीका पोलहरु कुहिएर धरापको अवस्थामा छन। त्यसरी कुहिएको पोलहरुमा बाँस हालेर स्थानीयले अड्याएर गुजारा चलाऊंदै आएतापनि सम्बन्धित निकायको बेलैमा ध्यान पुग्न नसक्ता त्यस्ता पोलहरुकै कारण निकै जोखिम रहेको स्थानिय शंकर ज्ञवाली बताऊँछन। बाटो हिड्दा र खेतबारिमा घाँसदाऊरा गर्न जाँदासमेत यस्ता पोल र तारको कारणले कुनैपनि बेला दुर्घटना हुनसक्ने हुनाले स्थानिय त्रसित रहेको पाईन्छ।
यता बिद्युत प्राधिकरण का कर्मचारीलाई पोलहरु कुहिंदै गएको र जुनसुकै बेला पनि दुर्घटना निम्तिन सक्ने भन्दै बारम्वार जानकारी गराऊंदासमेत वास्ता नगरेको स्थानीय को आरोप छ। नेपाल सरकारबाट बिद्युतिय पोललहरु अाएका छन कतिपय ठाउँमा स्टिल (फलाम ) का पोलहरु गाडिए पनि स्टिल पोल गाडिएको ५/६ महिना हुदा पनि लाईनका तारहरु स्टिल पोलमा परिवर्तन गरिएको छैन । तर काठे पोलहरु झन पछि झन नाजुक र खतरायुक्त भएका छन । सानो हावा लाग्दा पनि काठे पोलहरु भाचिने अस्थामा पुगेका छन । रुरु ५ बम्घा निमुवाखर्कका वयोवृद्ध नेत्रप्रसाद ज्ञवालीले भन्नुभयो। निमाखर्क मा घरै अगाडि रहेको काठे पोल बाँस हालेर अड्याएको १ बर्ष भन्दा धेरै हुदा पनि उक्त स्थानमा फलामे पोल अझै गाडिएको छैन । कतिपय ठाउँमा हरिया रुखहरुमा छोएर तारहरु गरहेको छ तर पनि बिद्युत प्राधिकरणले कुनै वास्ता गरेको देखिदैन । अाखिर किन भईरहेको छ सरकारी सामानहरुमा लापरबाही? सरकारले कर्मचारी नपठाएको हो त ?
स्थानीय बासिन्दाले बिजुलीको बिल लिन आऊनेसंग बारम्वार गुनासो गरेपनि उनिहरुले पनि कुनै चासो नदेखाएको गुनासो गरेका छन। बम्घा १,२ र ३ नं. वडाहरुमा गाडिएका काठे पोलहरु प्रायश: धरापयुक्त बन्दै गैरहेका छन।