मुख्य समाचारविश्व

२५ बर्षिया युवतीले जन्माईन एकैसाथ ७ बच्चा ( तस्विरसहित )

त्यसरी जन्मिनेमा ६ वटि छोरी र यौटा छोरा रहेको अस्पतालले जनाएको छ।

इराक – इराकमा २५ वर्षे युवतीले एकैपटक ७ वाेटा बच्चा जन्माएकी छिन् । ७ वाेटा बच्चामा एक वाेटा छाेरा र ६ वाेटा छाेरी जन्मीएकाे स्थानीय स्वास्थ विभागका प्रवक्ताले जनाएका छन् । ६ छोरी र एक छोरालाई प्राकृतिक रुपमा जन्म दिएकी नयाँ आमाको र नवजात शिशुहरुको स्वास्थ्य ठिक भएको रिपोर्टले बताइएको छ ।

२५ वर्षे महिलाले इराकको दियाली प्रान्तस्थित एक अस्पतालमा आफ्ना सात सन्तानलाई प्राकृतिक रुपमै जन्म दिएकी हुन् । एकैपटक सात सन्तानलाई जन्म दिएको यो देशकै पहिलो घटना बताइएको छ । ती शिशुका पिता युसुफ फदेलले आफ्नो परिवार यतिसम्म बढ्ला भनेर कहिले पनि नसोचेको बताए । अब उनको थाप्लोमा १० सन्तानको जिम्मेवारी थपिएको छ। एजेन्सी।

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Back to top button