विचार ब्लग

विधि र विधानकै धज्जी उडाऊँदै कम्यूनिष्ट सरकार

विकराल बन्दैगरेको भ्रष्टाचार र विसंगती साझा चिन्ताको विषय हो।

डा. चन्द्र भण्डारी

मानिसले जुन सुकै शक्ति आर्जन गरेतापनि अदृष्य शक्ति नै सर्वोपरी छ।विभिन्न समय र परिस्थितिमा आफ्नो भुमिका छुट्याई काम गर्नु पर्दछ। रामायणमा बाँदरले नै लंका दहन गरे र पछि तिनै बाँदरले पुल पनि निर्माण गरे तसर्थ मानिस र बाँदरको भुमिका समय अनुसार फरक छ र हुनुपर्छ केवल बुद्दिमत्तापूर्ण तरिकाले फरक छुट्याउन सक्नु पर्यो।

नेपालमा प्राप्त प्रजातन्त्र सिमित शासकहरुलाई देश लुट्न प्रयोग गरिएकाे छ । शहिदहरुको सम्मान हुन सकेन । पार्टीगत चर्को विभाजनमा प्रजातान्त्रिक मुल्य मान्यता कमजाेर बने । नेपाली युवालाई प्रजातान्त्र चुनाैती बनेकाे यस समयमा “राष्ट्रिय प्रजातन्त्र दिवस २०७५ को हार्दिक शुभकामनासंगै मौलाऊँदा अनेकन वेथितीहरु पनि उजागर गर्नैपर्दछ।

मुलुकमा बिकराल बन्दै गईरहेको असुरक्षा, भष्ट्राचार, महङ्गी र राष्ट्रिय स्वाभिमानमा लाग्न लागेको रोगको निदान हुनैपर्दछ । समयमै रोगको निदान नगरे महामारीमा परिणत हुन सक्दछ । हिंसा,आगजनी र बन्दबाट गिरीजा प्र कोइरालाले मुलुकलाई शान्तिको मार्गमा अगाडी बढाएका हुन । त्यो बाटो भन्दा बाहिर काेहि पनि जानु हुदैन । विवाद, छलफल र बन्द सदनमा हुन सक्दछ । सदनलाइ नै निकासको थलो बनाउनु पर्दछ। वास्तविक सत्य के हाे भने नेपालमा सत्ताले जनताको हित राष्ट्रकाे संरक्षण गर्न सकेको छैन । विगतको हिंसाले सत्तामा पुर्यायाे भन्ने नजिरलाइ तोड्नु पर्दछ ।

राजनीतिमा नैतिकता र इमान्दारीता खस्किदै गएको छ । कम्युनिष्ट नेताहरु त भ्रष्ट र अपराधिका मालिक जस्ता देखिन थाले । नेताहरु देश , जनता र समाज प्रति इमान्दार जस्ता देखिएनन् र जनताको मतको पनि उपहास गरेका छन । जनताका आवश्यक्ता र क्षमतालाई आँकलन नगरी जनतालाई ट्याक्सको बन्धनमा बाँधेर आफ्नो सुविधा लिन गौरव ठान्ने ? धर्म र सस्कृतिका विरोधी जस्ता देखिने ? विखण्डन वादी शक्ति संग लहसिदै जाने ? यदि कम्युनिष्ट पार्टीका कार्यकर्ताले पार्टी र सरकारलाई हस्तक्षेप गरेनन् र प्रतिपक्षले जनताको पक्षमा पर्खाल भएर उभिन सकेन भने जनता निराश हुनेछन । वर्तमान राजनीतिक परिवेशकाे विश्लेषण गर्दा यथास्थितिमा रमाउने हाे भने हाम्रा सिमाका पिलर मात्र हाेहन सिहदरबारकाे कुर्सीमा आज्ञाकारी मात्र बिराजमान न हाेलान भन्न सकिन्न। भ्रष्टाचारको भाईरसले देशको सम्पूर्ण प्राेग्रामिङ्ग नै ध्वस्त पारी सक्याे । यसका विरुद्ध प्रयाेग हुने एन्टीभाईरस पनि भ्रष्टाचारकाे कच्चापदार्थ ले निर्मित भए पछि के नै काम गर्न सक्छ र ? नेपाली नशामा नेपाली रगतकाे साटाे हाेली वाईनकाे सलाईन मिसियाे अब उहीँ हाे साना लाई ऐन ठूलालाई चयन। भने अर्कोतर्फ, नेपाली राजनीतिमा आफैले आफैलाई नचिन्नेहरुको बाहुल्यता छ । आफ्नै देश नेपाली समाज, संस्कृति काे महत्वकाे ज्ञान कम भएकाहरु आफ्नो स्वाभिमान र गौरव लाई भुलेर होली वाईन पिउने लाइनमा पुग्दछन।

यतिखेर हाम्रो नेतृत्वले वरिपरि गरिबका झुपडी राखेर बीचमा आफ्नो भव्य महल ठड्याउन कोसिस गरिरहेको छ । नेतृत्वले सामाजिक मूल्य–मान्यता, नैतिकता र धरातल भुलेर आफ्ना र आफन्तहरूको मात्र सेवा, सुविधा र समृद्धिबारे चिन्ता गरेको छ । जनतासँगै हिँड्नुपर्छ भन्ने भावना कसैमा छैन । जनता र नेताबीचको दूरी एक हजार माइलभन्दा बढी छ
। 
यथार्थमा हाम्रो राजनीतिक नेतृत्वले राष्ट्रको सम्पत्ति के हो भनेर बुझ्नै सकेन । हाम्रा भाषा, धर्म, संस्कृति र सामाजिक जनजीवनलाई हामीले हाम्रो सम्पत्ति देख्नै सकेनौँ । हामीले हिन्दू, बौद्ध, किरातजस्ता समाजका सनातन धर्मको कसरी संरक्षण र विकास गर्ने तथा पछि देशमा जबर्जस्त भित्रिएका विभिन्न अन्य धर्मलाई कसरी सम्मान गर्ने भन्ने विषयमा कुनै दृष्टिकोण बनाउनै सकेनौँ । हामी सामूहिक छलफल र निचोडका आधारमा अघि बढ्नुभन्दा पनि केवल हल्ला र बहकाउका भरमा कुनै अध्ययन र निष्कर्षविनै कुदिरह्यौँ । 

जनताले देशको यस्तो अव्यवस्था र जटिलता बुझेर पनि केही भइहाल्छ कि भनेर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लाई झन्डै दुईतिहाइ बहुमत दिएका छन् । तर, दुईतिहाइ बहुमतको सरकारले हाम्रो गौरव, इतिहास, संस्कृति र नेपालको मौलिक पहिचानबारे अलिकति पनि चासो दिएकै छैन । उसले नेपालको आर्थिक र सामाजिक अवस्थाबारे कुनै गम्भीरता देखाएकै छैन । 

कम्युनिष्ट नेतालाई जनताले ठुलो अवसर दिदा पनि सम्हाल्न सकेनन् । साना गुट बनाउने, साना कुरामा रमाउने, साना कुरामा चित्त दुखाउने, साना कुरामा -याल चुहाउने , साना साना आलोचना पनि सुन्न नसक्ने । देश र जनताको चाहाना र आवश्यक्ता के हो भन्दा पनि मार्क्स, लेलिन र माओको कुरामा दिन बिताउने ! कस्तो बानी ? के का लागी यती धेरै मानिस मारिए, अङ्गभङ्ग र विस्थापित भए ? नेताले जवाफ दिनु नपर्ने ? कति आज्ञा पालक कार्यकर्ता ।

पत्रकार , कलाकार , इतिहासकार र साहित्यकार समाजका एेना हुन । समाजका नजिकका प्रतिलिपी पनि । कहिलेकाही “ट मा ठ” हुन सक्दछ । त्यसकारण यिनले अाफ्नाे सीपले समाजकाे चित्रण दुरुष्त गर्छन् । तर पनि सिंहदरवार को कुर्चिको मोहमा मातिन लागेका साडेहरु लाइ सच्चिने मौका दिन्छ। तसर्थ निहुँ नखोज, भिजलान्तेको प्रयोग नगर । घाटा तिमीलाइ मात्र हुनेछ। समय परिवर्तन भएको छ । दासका सन्ततीहरु मालिक बन्न सफल भएका छन । धेरै देश र अन्तर्राष्ट्रिय संघ संस्थाहरु पनि अर्थ र शक्तिधारीका आदेश पालक बनेका छन । अाज मानव जाती जति अाफुलाई अात्मनिर्भर र स्वतन्त्र बनाउन अग्रसर भई रहेकाे छ उति नै प्रविधिको दास पनि बन्दै गैरहेकाे छ। समय परिवर्तनशील छ त्यसैले भगवान श्री कृष्णले जिवनकाे चर्खालाई समय र कर्म संग जोड्नु भएको छ । मानिसलाई सबै किसिमको दासता बाट उन्मुलन प्राप्त होस आजका दिनसम्म आईपुग्दा। सूर्यलाई हत्केलाले छेक्छु भनेर कहाँ छेकिन्छ र कम्यूनिष्ट सरकार?

सरकारसँग दुईतिहाइ छ । त्यसको अर्थ काम हो कि भाषण ? त्यसको मतलब आफ्नो सुविधा बढाउने, जनताले तिर्न नसक्ने कर उठाउने, महँगी बढाउने ? सञ्चार माध्यम र जनताले भष्ट्रचार भयो भन्दा सरकारले सम्बोधन गर्नुपर्दैन ? जनताको दुईतिहाइको सम्मान कसरी हुन्छ?

(डा. भण्डारी नेपाली कांग्रेसका केन्द्रिय सदस्य हुनुहुन्छ। हालैमात्र उहाँले नेपालको राष्ट्र,राज्य निर्माण प्रकृयामा विश्वव्यापिकरणको भुमिका विषयमा विद्यावारिधी गर्नुभएको छ।)

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Back to top button