कला साहित्य

लुट्न सके लुट जस्ताको तस्तै अपलोड गर्नु

सर्जकको सिर्जना र कलाकृति जस्ताको तस्तै सुन्न पाउनु दर्शक र स्रोताको अधिकार भएको जिकिर

काठमाडौं : राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानले पशुपति शर्माको ‘लुट्न सके लुट..’ गीत जस्ताको तस्तै अपलोड गर्न अनुरोध गरेको छ।

शुक्रबार गायक शर्माको युट्युब च्यानलमा अपलोड भएको गीतका केही शब्दमा सरकारका जिम्मेवार पदाधिकारीले आपत्ति जनाएपछि शर्माले शनिबार साँझ हटाएका थिए। आइतबार विज्ञप्ति सार्वजनिक गर्दै दोहोरीगीत प्रतिष्ठानले पुनः अपलोड गर्न अनुरोध गरेको हो।

विज्ञप्तिमा सर्जकको सिर्जना र कलाकृति जस्ताको तस्तै सुन्न पाउनु दर्शक र स्रोताको अधिकार भएको उल्लेख गरेको छ।

‘गीतमा प्रयोग भएका र विवादित भनिएका शब्द सार्वजनिक सञ्चार माध्याममा बारम्बार आइरहेका शब्द हरु हुन्। ति शब्द र आशय समाचार लेखमा आउन हुने र गीत संगीतमा आउन नहुने भन्ने मापदण्ड सर्वमान्य हुन सक्दैन’, अध्यक्ष बद्री पंगेनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सार्वजानिक चासोको विषयलाई नै हो लोक गीतको रुपमा स्वीकार गर्ने तसर्थ पनि सर्जक द्वारा सृजना गरिएको कलाकृति, गीत संगीत लोकले जस्ताको तस्तै सुन्न पाउनु दर्शक श्रोता र लोकको अधिकार पनि भएकोले लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल कलाकार पशुपति शर्मालाई उक्त गीत जस्ताको तस्तै पुनः अपलोड गर्नुहुन अनुरोध गर्दछ।’

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Back to top button