अन्तर्वार्ता

जनयुद्ध: औचित्य पुष्टि गर्न नसकेको माओवादी

…त्यतिखेर हामी सिलिगुढिमै बस्दथ्यौँ। अध्यक्ष क. प्रचण्ड र क. लालध्वज दुईदिने गोष्ठीको शिलशिलामा सिलिगुढि नै आईपुग्नुभएको थियो जतिखेर नेपालमा तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले भर्खर मात्र माओवादीको टाउकाको मूल्य तोकेको थियो। त्यस्तो संवेदनायुक्त समयमा पनि कमरेडद्वयहरुको गाजीयावाददेखी सिलिगुढिसम्मको यात्रा अनौठो नै लाग्दथ्यो। म अनि मात्रिका प्रसाद यादवसमक्ष यौटा ठूलो चिन्ता र चुनौती आईपरेको थियो कमरेडद्वयको सुरक्षाको खातीर। हामी अचम्ममा पनि किन थियौँ भने नेपालको कथित तत्कालीन शाहि फाशिष्ट सरकारले माओवादीलाई आतंककारी भन्दै टाउकाकै मूल्य तोकेको अवस्थामा यता कमरेडद्वयको सूरक्षाको खातीर यौटा भारतीय नम्मरप्लेटको महिन्द्रा बोलेरोमा सादापोसाकका केहि जवानहरु पनि अलिक परको दूरिमा छरपष्ट देखिन्थे। पछि पत्ता लाग्यो कि ति अरु कोहि नभएर
सिलिगुढिकै प्रहरी इन्चार्जलगायतको टोलीले कमरेडद्वयको सुरक्षा एवं निगरानी गरिराखेका रहेछन। यसरि सिलिगुढिको दूईदिने प्रशिक्षण एवं गोष्ठीको सफलतापूर्वक समापन
पश्चात कमरेडद्वयहरु उसैगरि नै फर्किनुभयो। यसरि कार्यक्रम समापन भएको चौँथो दिनमा मलाई र मात्रिका यादवलाई सिलिगुढिकै प्रहरीद्वारा पक्राउ गरियो। तव मात्र पत्ता लाग्यो कि भारतको द्वेध चरित्रको बारेमा।

स-साना माछाहरु समाते झैँ गरेर ठूला माछाहरु आफ्नै सुरक्षा घेराभित्र पारेर आँखा चिम्लीएर बसेको थियो भारत।
जनयुद्ध अवधिभर भारतमै सेल्टर लिएका अधिकांश शिर्षनेताहरुको बारेमा भारत अनभिज्ञ थिएन, बरु उसले दोहोरो चरित्र निर्वाह गरेर दुवैपक्ष(नेपालको सरकार र माओवादी)संग खेलीराखेको थियो । तत्कालीन राजा ज्ञानेन्द्रलाई उनको कथित शाहीकदम फिर्ता लिन पटक पटक आग्रह गर्दापनि राजाले अटेर गरेपछि आन्दोलनरत काङ्ग्रेस एमालेलाई गणतन्त्रमा जान दवाव दिएको थियो भारतले। यसै सेरोफेरोमा माओवादीलाई पनि सुरक्षित तवरले शान्तीपूर्ण मार्गमा अवतरण गराउन भारत आतुर थियो किनकी राष्ट्रिय एवं अन्तर्राष्ट्रिय तवरबाट भारतको द्वेध चरित्रमाथी तिखा टिकाटिप्पणी हुँदैआएका थिए र यता सर्वोच्च कमाण्डर क.प्रचण्ड पनि कुनै न कुनै रुपमा आफ्नो आन्दोलनलाई शान्तीपूर्णरुपमा अवतरण गराउन चाहन्थे।

जनयुद्धको औचित्य के त?

आलेमगर भन्छन,सामन्ती राजतन्त्रको अन्त्य र गणतन्त्रको स्थापना नै जनयुद्धको महान उपलब्धी हो।

१४ हजारको रगतको खोलो बग्यो, गणतन्त्र घोषणा गर्नमात्र?

आलेमगर विल्कुल सहमत छन कि शुषासन देखि लिएर राज्यब्यबस्था एवं चरित्र निर्माणमा रत्तिपनि प्रगति भएको छैन। झनै बेथीती र अराजकताले पस्रय पाईराखेको छ।

किन पुष्टि हुनसकेन त जनयुद्धको औचित्य?

आलेमगर थप्दछन, वास्तवमा जनयुद्धको यौटा संवेदनायुक्त मर्मलाई हामी विलाशिताको आँगनमै भुल्न पुग्यौँ र यौटा पुँजित्व वर्गको दैलोमा वास माग्न पुग्यौँ, हामी त्यसैमा रमायौँ तर हामीले विगत फर्केर हेरिकन मूल्यांकन गर्नपट्टि लागेनौँ। सत्ताको घनचक्करमा फस्दैजाँदा आज आलोचनाको शिकार बन्न बाध्य छ त्यत्रो जनयुद्ध लडेर आएको तत्कालिन माओवादी। अर्कोतर्फ राष्ट्रिय एवं अन्तर्राष्ट्रिय निर्देशनात्मक सुझाव एवं चर्को दवावले पनि घरेलुराजनीतिमा तरलता उत्पन गराईराखेको छ, त्यहिँ तरलतामा बिभिन्न मूलधारका राजनैतिक दल, क्षेत्रीय एवं जातीय समुहहरुले आ आफ्नो स्वार्थ सिद्ध गराउन खोज्दा जनयुद्ध एवं जनआन्दोलनका उपलव्धीहरु संस्थागत हुन नसकेका हुन उनको ठम्याई छ।

(तत्कालिन एनेकपा माओवादी केन्द्रिय नेता सुरेश आलेमगरसंग गरिएको टेलिफोन संवादको सम्पादित अंश)

प्रस्तुती: बिजय ज्ञवाली

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Back to top button