कला साहित्य

जनयुद्धसम्बन्धी एक कविता

गुरुदत्त ज्ञवाली//

युद्धका कथा पढ्दा
युद्ध
सत्ययुगमा भयो
त्रेतायुगमा भयो
द्वापरयुगमा भयो
र हामीले
कसैले लेखेका गाथामा
कथामा
जय जयकार मनाउँदै
धर्म बनायाैँ
कर्म बनायाैँ

कलियुग पनि
युद्ध गरेरै अायो
तरिका फरक होला
बुद्धत्व पनि
युद्धै गरेर अायो

कारण जेसुकै होस्
संसार क्षत विक्षत भए होला
विश्वयुद्ध
युद्ध गरेरै भयो
अलिकति गुम्यो गुम्ने कुरा
उन्नतिका धेरै कुरा
विश्वयुद्धले ल्यायो

नेपालको जनयुद्ध
चाहेर भयो
वा
नचाहेर भयो
भयो त अाखिर…
अनि
भन्नेले जेसुकै भनुन्
इतिहास रचेर अायो

धेरै रगत उनीहरूले बगाए
थोरै रगत यिनीहरूले पनि बगाए
धेरै पसिना उनीहरूले बगाए
थोरै पसिना यिनीहरूले पनि बगाए
पसिनाको भेलमा
कुलेसो नै सही
म पनि मिसिएँ

रगत र पसिनाको भेल
अायो गयो
खोलो हो कुनै बेलाको
सुक्यो

तर
इतिहास सुकेको छैन
मरेको छैन
मेटिएको छैन
होला
इतिहासको फल
अरू बढी
इतिहास मेट्न चाहनेले खाए
खान देउ
पाकेको फल
खाए त सही….

बस्…
हामीले
इतिहास बचाउँ
रक्षा गराैँ
महाभारतको युद्ध जस्तै ।

२४अाैं जनयुद्ध दिवस
२०७५

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Back to top button