कला साहित्य

कबिता

मेघराज भण्डारी

अाफ्नै शुक्रकिटबाट जन्मिएकी
छाेरी बलात्कार गर्छ बाउले!
अाफ्नाे डिम्बकाे छाेरी मार्छे
रहरैले वा करैले?
या
प्रसव वेदना भुलेरै
छाेरी बेच्छे अामा!
खाेई के भनुँ मान्छे बेइमान कि जमाना?

एउटै अामाका लाम्टा चुसेका
चि मुसि चि खेल्दा खेल्दै झुपुक्क निदाएकी
बहिनी बाेकेर हिडेकाे दाजु
भाईटिकामा लामाे अायुकाे कामना गरेर नथाकेकी
बैनीकै शत्रु बन्छ।
र,
त्यहि बहिनी बलात्कार गर्छ।
तुलादानले जाेखिएकी बृद्दअामा
बलात्कृत हुन्छिन!
अाफन्ती अाफन्तसित भयभित छ।
मान्छे मान्छेसित त्रसित छ!
अाफ्नासित असुरक्षित अाफ्ना
खाेई के भनुँ मान्छे बेइमान कि जमाना?

अाफ्नाले हाडनाता बिर्सियाे।
छिमेकीले धर्म बिर्सियाे।
र,नेताले देशकाे माटाे!
साथी साथी जस्ताे छैन।
सन्तान सन्तान जस्ताे रहेन।
मातापिता अपमानित सन्तानबाट
अाफ्नाे पराइकाे भेद खुट्याउनै सकस छ।
हाे काे पराई या अाफ्ना?
खाेइ के भनुँ मान्छे बेइमान कि जमाना?

देशकाे सिमानाले मात्रै
नेता नेता रहन्न रैछ।
घरकाे नुन खाएर
परकाे खातिरदारी गर्छ।
जब नैतिकताको नागरिकता
नाेटमा बिक्छ!
नागरिक नागरिक जस्ताे रहन्छ रैछ!
अाश्रम “अपवित्र” सन्तले
मन्दिर मन्दिर रहन्न स्वार्थले ।
गरीब राेटीकाे भीख माग्छ मन्दिरमा
र,धनी “भेटी”काेभीख माग्छ मन्दिरमा,
खाेइ के भनुँ मान्छे बेइमान कि जमाना?

2075/10/29(बटाैली)

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Back to top button