मुख्य समाचार

१ अर्व ५६ करोड भ्रष्टाचार , धरौटी १ करोड १० लाख मात्र?

काठमाडौं – सिक्टा सिँचाइ आयोजनाका तत्कालीन आयोजना प्रमुख दिलिपबहादुर कार्की एक करोड दश लाख धरौटी बुझाएर रिहा भएका छन् ।अख्यितार दुरुपयोग अनुसन्धान आयोगले दर्ता गरेको भ्रष्टाटाचार मुद्दा सुनुवाइ गर्दै विशेष अदा लतका अध्यक्ष एवं न्यायाधीश बाबुराम रेग्मी सदस्यहरू प्रमोदकुमार श्रेष्ठ र नारायणप्रसाद पोखरेलको इजलासले सोमबार मागेको १ करोड १० लाख धरौटी बैंक ग्यारेन्टीमार्फत बुझाएर कार्की थुना मुक्त भएका हुन् ।अख्यिारले कार्कीसँग एक अर्ब ५६ करोड, ८२ लाख ८३ हजार बिगो दाबी गर्दै मंसिर २१ गते मुद्दा दर्ता गरेको थियो ।

कार्की नेपाल बंगलादेश बैंक ग्यारेन्टीमा रिहा भएका हुन् ।राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको बाँके जिल्लामा निर्माणाधीन सिक्टा आयोजना निर्माणकै क्रममा मूलनहर भत्किएको, डिजाइन नै त्रुटीर्पण ढंगले गरेको, आयोजनामा खटिएका प्राविधिक, कन्सल्टे ण्ट, निर्माण व्यवसायीले पर्याप्त सुपरभिजन नगरेको र परीक्षणका क्रममा नहर भत्किसकेकोमा पुनःपरीक्षण समेत नगरी निर्माण व्यवसायीलाई उन्मुक्ति दिएको अभियोग अख्यितारले गएको छ ।कार्कीसँर्ग तत्कालीन आयोजना प्रमुखहरु सर्वदेवप्रसाद, सरोजचन्द्र पण्डित, र रमेश बस्नेतविरुद्धसमेत मुद्दा दायर गरिएको छ ।

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Back to top button