समाज

सात बर्षिया गोमाको ७० बर्षेसंगको लगनगाँठो

गरिमा घिमिरे

आधुनिक सभ्य युगमा हामी चेतनशिल प्राणी मात्र नभएर अजंग जीवदेखी स साना कीटपतंग समेतको जोडी हुन्छ भनेर सर्वविदितै छ ।हुनुपनी पर्दछ किनभने सृष्टिको संरचना नै यसरी यसैगरी चली आएको छ । तर चेतनशील प्राणी मानव जाति भएका कारण यसको जोडी भने अन्य पशुहरुको जस्तो नभएर भगवानका पालादेखी सामाजिक र धार्मिक पक्षलाई मध्यनजर गरि जोडी बाँधिदिने परम्परा आजभोलिसम्म कायम रहेको मानिन्छ ।

विवाह के हो ?

दुई भिन्न लिङ्गी जीवन एकै सुत्र र कर्मले बाँधिएर आफ्नो जीवन मृत्यु पर्यन्त सँगसँगै गुजारा गरिनुलाइ वैवाहिक बन्धन भनिन्छ । चाहे स्त्री होस या पुरुष वैवाहिक बन्धनमा नबाँधिएर एक्लो जीवन बिताउन उसलाई निकै कष्ट हुनेगर्दछ । उसलाइ ब्यबहारिक जिन्दगी देखि सामाजिक र धार्मिक कार्य समेतमा विभेद भएको हुन्छ ।उसको ज्ञान वि ज्ञान पद प्रतिष्ठा जति उच्च भएपनी उ नितान्त एक्लाको एक्लै हुने गर्दछ। जसको ज्वलन्त उदाहरणको रुपमा श्री स्वस्थानी किताबका शिव शर्मा पात्रलाई लिन सकिन्छ । उनी नितान्त एक्ला हुन्छन उनका आमा बुबा भाइ बन्धु साथीसंगी कोहि नभएको देखाइएको छ ।उनको खाने बस्ने सुत्ने सफासुग्घर बनेर सामाजिक बनेर समाजमा घुलमिल भएको बिल्कुलै कुनै ठाउँमा देखाइएको हुँदैन ।तर जब उमेरको हिसाबले आकाश जमिनको फरक जोडीको रुपमा जब सात वर्षकी गोमा पात्रा उनी सत्तरी वर्षकासँग लगनगाँठो बाँधिदिन लागिन्छ ।उनी शिव शर्माको जीवनमा आमूल परिवर्तन आउन थाल्दछ ।उनी दिनानुदिन सोह्र वर्षको लक्का जवानी देखिन थाल्दछन।त्यो चाउरिएका गाला पुटुक्क सेताम्य कपाल दारी खौरिदिएर चिटिक्क देखिनु ,हातगोडाका लामा लामा नङ्ग्रा काटिदिनु धोएका सफा लुगा आङमा हुनु र उचित समयमा खान बस्नको प्रबन्ध मिल्नुले उनी केही दिनपछिदेखि नै उज्याला र झरझराउदा देखिन थाल्दछन ।त्यसपछी केही समयभित्र ती बालिका सातवर्षकी कन्या गोमा ब्राह्मणीसँग धुमधामले विवाहको स्वीकार गरिदिन्छ यो समाजले ।

विवाहलाई समाजले किन अपरिहार्य मान्दछ त ?

अचम्मको कुरा यहाँनेर छ कि , मान्छेले कयौ मान्छेको भीडमा आफुलाइ पाउँछ ! दिनकै सयौ मान्छेसँग आँखा जुधाउन पुग्छ ।कतिपय मान्छेलाई मन पनि पराउँछ तर भाग्यको खेल भनौ कि दुर्भाग्य भनौ त्यत्रा भिड्भित्र आफ्नो भागमा जुन लेखिएको छ त्यहिसँग जीवन काट्न बाध्य हुइन्छ ।किन कि ती सुकोमल सात वर्षकी गोमाको कुनै विवाह गरिदिनु पर्ने हतारको उमेर थिएन नि ।त्यसो त केटा उनी सुहाउँदो जोडा पनि हैनन मेरा बा ! उम्किहाले फेरि कहाँ यस्तो केटा भेटिएला भन्नू पनि थिएन ।गोमाको सामु शिव शर्मा अति बुढा, कुप्रेको शरीर, आँखा नदेख्ने त्यसमाथी कचेरै कचेराले ढाकेका ,कानभरी कानेगुजी भरिएका र्‍याले सिंगाने हेर्दै घिनलाग्ने थिए ।तैपनी उनी त्यस्तै सुस्तलाइपनी स्वीकार गर्न पछि परिनन किनभने त्यसबखतको समाज न्याय र स्त्रीप्रती गरिने व्यबहार नै त्यस्तै परिपाटीको हुन्छ र गोमाले त्यसलाई आफ्नो भाग्यको खेल सम्झेर उनीसँग जीवन यापन गर्न तयार भएको मानिन्छ ।

यता समाजले भनेप्रत्येक जोडीको वैवाहिक जोडीबाट यो अपेक्षा गरिरहेको हुन्छ- उनीहरुको जीवन सुखमयसाथ ब्यतित होस ।सृष्टिको परम्परा यथावत कायम रहोस्।भोगविलासमा कुनै विकृती नआइदेओस् ।वंशको रक्षा होस्।एक्लो जीवनको जस्तो स्वार्थ रहितको जीवन भन्दा सामुहिक परिवार र समाजमा जीवन यापन गर्न जानुन र अन्तिममा आफ्नो जीवनको उत्तराकालखण्डमा सुखमय समय काट्न पाइयोस र आफ्ना पित्री ॠणको मुक्तिकालागी विवाह गर्नु गराउनु परेको हुन्छ ।त्यसैकारण ले ती अबोध बालिका गोमासँग त्यत्रा पाका शिव शर्मा ब्राह्मणको विबहा आँखा चिम्लेर पचाइदिएको हुन्छ समाजले ।

हुन त स्त्री जाती अतिसह्य सहनशील मानिन्छ ।किनभने गोमाको त्यो अनमेल जोडी पनि स्वीकार गरेर कहिल्यै नदेखेको नचिनेको मान्छेसँग सहधर्मिणी सहचारिणी र अर्धाङ्गीनीको रुपमा अघिलागेर अन्मिनु चानचुने कुरा थिएन । वर्तमान समयमा हामीले कल्पना समेत गर्दा त मुटु चिरिएर आउँछ भने त्यो त यथार्थ मानिदिएको छ ।उनीले आफ्नो जस्तोसुकै अवस्थाको पति भएता पनि उसले सिउँदो भरिदिएको रातो सिंन्दुरको डोरो गलाको पोतेलाई अखण्ड सौभाग्य मान्दै जन्मदिने काखबाट बिदावारी भएर कर्म दिने काखको पिछा लाग्दछिन । हो शिव शर्माले पनि आफ्नी अर्धाङ्गिनी सम्झेर आफ्नो निवास कैलासकुट भवनको टाकुरामा सानो खरको माकुराको जालै जालोले घेरेको भित्र केही खाने बस्ने सुबिधा नभएको झुप्रोमा भित्र्याएका हुन्छन ।आफू बाहिर बीस गाँजा भाँङ खाएर कयौ दिनसम्म बेहोशी बनेर ढलिदिन्छन् ।विचरा गोमा खाउ केही हुन्न ।दुखका विलौना पतिसामु पोखौ उनी होशमा हुन्नन कतै फलफुल कन्दमुल टिपेर खाउ र पेट भरौ भने पनि बाघ भालु जस्ता हिस्रक जनावरको अति भएको ठाउँ त्यसैले उनी निरीह भनेर उनै पति परमेश्वरको गोडामुनी बसेर सुँक्क सुँक्क रुदै आफ्ना बाबा आमासँग बिताएका बिगतका आफ्ना पल सम्झेर काल बिताइरहेकी थिइन ।एकपल कसो कसो शिव शर्मा विउझन्छन र भन्छन हे बालिके तँ यहाँ किन मेरो छेउमा रोइरहेकी छस् ।आफू मस्त भित्र खाना खाएर मलाइ यहाँ एक्लै चिसोमा लडाइरहेकी छस् अझ तँलाइ लाज छैन मेरो सामु आएर रुनलाइ ! म मन नपरे जा तेरा बाउआमा जहाँ, छन उहीँ सुख पाउनेछस् ।यस्ता तीखा वाणरुपी वचन पनि धैर्यपूर्वक उनीले सुनिरहेकी हुन्छिन । आँखा राताराता पर्दै उसोभए मलाइ भन तैले यत्रा दिन के खाएर बाँचिस त ? अन्तिममा गोमाले केही सीप नलागेर भन्छिन मैले हजुरलाइ नखुवाइ कसरी खानसक्छु त भन्दछिन ।उनको भोकतिर्खा र निद्रा सबै कता हो कता यस्ता हण्डर खाँदाखाँदै केही समय पश्चात् गोमा गर्भिणी समेत हुन्छिन ।अझ थप ताप माथी रापिलो र बोझिलो जिन्दगी बिताउन विवश हुन्छिन ।

समयलाई कसले पो चिन्न सक्छर ? ती बिचरा गोमाको जीवनमा बच्चा जन्मेपछी केही खुशी भैएला ।त्यो बच्चाको जिम्मेवारी बहन गर्नुपर्दा बुढाको बानी पनि सुधृएला भन्ने लागेको थियो तर दैवको लाठी झन उनै माथी बज्रापात भएर उनको श्रीमानकै पो मृत्युु भैदिन्छ ।यसरी एउटी गोमा पात्रद्वारा हरेक नारीले भोग्ने गरेका दुखहरुलाइ बिम्ब बनाएर खुब कारुणिक रस प्रधानमा प्रस्तुत गरिएको पाइन्छ ।
दुखसुख दुई जीउ छुट्टिन्छ ।एक्ली बालबिधवा आमाले अर्काको ढिकी जाँतो अनि मेलापात गरेर टुहुरो छोरा नवराजको मुखहेरी आफुले असह्य वेदना लुकाएर दवाएर दिन काटाइरहेकी हुन्छिन । हुन त दुख भोग्नेको सुखका दिन पनि आउछन भनिन्छ ।डिलमुनिको रुख सधैं डिलमुनी मात्रै बस्दैन भन्ने कुरा उनै गोमामा पनि घटेको पाइन्छ ।
ती नवराज पछि लावण्यदेशका राजा हुन्छन ।गोमा मुमा बडामहारानी भएर सुखसयलको जीवन यापन गर्न पाउँदछिन ।
हुन त पति पत्नीको नातामा सानातिना स्वार्थ लुकेको हुन्छ भन्ने यहि गोमा र शिव शर्माको जोडीबाट पनि थाह हुन्छ तर त्यसलाइ एक आगो र अर्को पानीको रुप लिन सक्नुपर्दछ । अहिलेको जमानामा पति पत्नीको समान हक समान धन विद्याको धाक लगाएको पाइन्छ ।तर त्यसो भन्दा उचित सम्मन र एक अर्कालाइ राम्रोसँग बुझ्न सकियो भने त्यो भन्दा सुन्दर जोडी कहि भेटिन सकिँदैन । चाहे लोग्ने होस या स्वास्नी दुबै उच्चस्थानमा पुग्नको लागि दुबैको उत्तिकै अहं भुमिकाको जरुरी हुन्छ ।घरमा श्रीमानले श्रीमतीलाई यो मेरो शारीरिक र मानसिक रुपमा सुख ल्याउनको लागि भित्र्याइएकी अवला हो यश माथी मैले जस्तो व्यबहार गरे पनि कसैको केही बोल्ने ठाउँ हुन्न भन्ने खालको दम्भ हुनुहुन्न र श्रीमतीमा पनि अब मैले जन्म घर छोडेर आएको छु कर्मघर नै मेरो वास्तविक मैले जीवन निर्वाह गर्ने घर हो भनेर गोमाको जस्तै सहनशील पात्र हुनसक्नु पर्यो ।र आजको तामसी विवाह भन्दा यस्तै नम्र जोडीको विद्यमान समाजले खोजेको र रोज्ने पनि यस्तै जोडीहरु हुन।
शुभकामना यो समाजलाई ! हरेक छोरीचेली सातबर्षका हुँदै अखण्ड आयुलिएर जन्मिउन तर गोमाको जस्तो दुखी जिन्दगी लिएर हैन।

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Back to top button