समाज

यौन स्वतन्त्रता

बिपुल सिजापति – हाम्रा पूर्वज सेक्सको मामिलामा खुल्ला हृदयका थिए र यसलाई पाप मान्दैनथबरेमा उनीहरूले नै कामसुत्र लगायत अन्य पाँच शास्त्र संभोगलाई कला मानेर ज्ञान दिन लेखेका छन् । तर हाम्रा पाखण्डी पण्डितहरूले यस्को अपबाख्या गरिदिए । बाहिर सेक्स शब्द सुन्ने बित्तिकै नाक खुम्चाउँने पण्डितहरू नै ६४ अासनका ज्ञाता हुन्छन् र बन्द कोठा भित्रको चरित्रले अनेक काण्ड मच्चाउँछन् ।

भारतबर्ष भन्नाले यसभित्र नेपाल पनि पर्छ र धर्म र संस्कृति एक हुनाको कारणले भारतमा भएका परिवर्तनको असर नेपाल तथा नेपाली संस्कृति तथा परंम्परामा पनि पर्नु स्वाभाविक हो । सन् ९५० देखि सन् ११५० एउटा परिवर्तनको समय थियो र यसबेला साधुसन्त र महात्माको खुबै प्रभाव थियो । उनिहरुका वाक्य ब्रम्हवाक्य हुन्थे । उनीहरूले बैराग, सन्यास र ब्रम्हचर्यलाई अत्यधिक महत्व दिँदै मानिसको अन्ध-श्रद्धाको लाभ उठाएर सेक्सलाई पापको संज्ञा दिईयो, नरकको घोर सजायँको डर देखाईयो । मानिसलाई सेक्स बच्चा जन्माउने कार्य मात्र हो भन्ने बुझाइयो ।

वसन्त पञ्चमी देखि सुरुहुने वसन्तोत्सवमा पाहुना या मित्रसँग यदि अर्धाङ्गिनी राजी भएमा सहवासलाई पाप मानिन्नथ्यो । पृथ्वी समेत प्रकृतिले परिवर्तन हुने ऋतुमा मानिस परिवर्तन नहुने कुरै भएन । वसन्त ऋतुमा सालकाे परागले, जसलाई फाग भनिन्छ, एक अर्कालाई हिर्काएर युवायुवती स्वच्छन्द प्रेमालाप गर्थे, मदिरा (भिरमाहुरीकाे महबाट बनेकाे मदिरा, मिड) पिउँथे र संभाेग पनि गर्थे । यही फाग खेल्ने परम्परा पछि फागुकाे रूपमा (हाेली गलत हाे) बिकशित भयाे ।

कुन्तीले सूर्यबाट विवाह पूर्व कर्ण जन्माएकी थिइन् । मत्स्यगन्धा अक्षत योनी थिइन्, जसलाई गर्भाधान गरेर परासरले वेद ब्यास जन्माएका थिए र यिनै मत्स्य गन्धालाई योजनगन्धाको नामबाट प्रख्यात गराएर भिष्मका बुवा शान्तनुले विवाह गरेका थिए । व्यासले आफनै बुहारी र दासी समेतलाई नियोग बिधिव्दारा गर्भबती बनाएर धृतराष्ट्र्, पाण्डु र बिदुर जन्माएका थिए । पाण्डवहरू पनि पाण्डुका पुत्र थिएनन्, कुन्ति र माद्रीले अन्य पुरुषसँग नियोगव्दारा नै जन्माएका थिए ।

काशीका राजपण्डितकी बिधवा पुत्री हेमवती अत्यन्त सुन्दरी थिइन् । चन्द्रदेव !? मोहीत भएर यिनीसँग रतिराग गरे र चन्द्रवर्मन जन्मे । बिधवाबाट पुत्र जन्मिएपछि हेमवती काशीबाट निकालिईन खजुरापुरमा आई बसे । र पछि चन्द्रवर्मन खजुरापुरका शक्तिशाली राजा बने र उनले त्यहाँ एउटा विशाल शिव मन्दिर निर्माण गरे जस्को प्रतेक शिलाका भित्तामा कामसुत्रको ६४ आसन कुँदन लगाए ।

कृष्ण पूर्ण पुरुषेत्तम परमेश्वर मा कृष्णजी गोपिनीहरूलाई कामज्ञान यसरी दिन्छन्, “जसरी आत्माशान्तीको लागि प्रार्थना जरुरी छ, शरीरको लागि भोजन जरुरी छ त्यसरी नै संभोग एक शारीरिक भोक हो । यो देह बासनालाई तृप्त पार्नु त्यति नै जरुरी छ जति आत्मशान्तीको लागि प्रार्थना र शरीरको लागि भोजन । जति बेला वासना जागृत हुन्छ तब संभोग गर यसलाई अतृप्त राख्नु पाप हो, मनहिंसा र देहहिंसा हो । पतिबाट अतृप्त छौ भने पतिलाई भन र फेरि पनि अतृप्त भए अन्य पात्रबाट तृप्ती लेउ । कुमारीहरू पनि चिन्नेजान्ने पुरुष, साथी प्रेमीसँग आफ्नो वासना तृप्त गर्न सक्दछन् । तर कुमारीहरूले गर्भवती नहोस् भनेर ध्यान राख्नु जरुरी छ । संभोग गर्नु र गर्भवती हुनु पाप होईन् बच्चा जन्माएर त्याग्नु, मार्नु पाप हो । सुद्ध मनले गरिएको संभोग पाप होइन् ।”

एक कुम्ले गोपीनीले सोधीन्, “म त कुरूप छु, मलाई कसैले विवाह गर्दैनँ, मैले कसरी आफ्नो वासना शान्त गरुँ ?”
कृष्णले भने, “यदि कोही मानेन् भने हस्तमैथुन गर ।” कृष्णले ती कुम्ले गोपिनीको कल्याण गरेर अतिसुन्दर बनाईदिए ।
भागवत गीतामा लेखिएको छ, देहवासनाय अतृप्तीः इति आत्महिंसाः पापाय समः । अर्थात् देहवासनालाई अतृप्त राख्नु आत्महिंसा झैँ हिंसा र पाप हो ।

कहिल्यै झुठ नबाेल्ने भनिएका धर्मात्मा युधिष्ठिरलाई पनि रूपवती द्राैपदीसँग सहवासकाे चाहनाले झुठ बोल्न लगायो
एष नः समयो राजन् रत्नस्य सहभोजनम्
न च तं हातु मिच्छामः समयं राज सत्तम
हे राजन रत्नको एकसाथ भोग गर्नु हाम्रो नियम छ । हे राजाहरूमा श्रेष्ठ, हामी यस नियमलाई छोड्न चाहदैनौं । आदिपर्व अध्याय १९६ श्लोक २५

पाञ्चाली, कृष्णा, द्रौपदीको रुप लावण्यबाट मोहित युधिष्ठिरले यहाँ पहिलो झुठ बोलेका छन् । यदि उक्त कुरा सत्य हुँदो हो त अर्जुनव्दारा बिजित सुभद्रा, उलुपी र भीम व्दारा बिजित हिडिम्बा चैँ किन पञ्चभोग्या भएनन् ।

अहिल्या र ईन्द्रको (काैशिक ईन्द्र, वेदका हाेइनन्) राजिखुसी संभोग भएको थियो तर गौतम ऋषीको श्रापबाट शिला बन्न पुगिन, अर्थात् शिलामा बाँधिइन् ।

याैनलाई कला मान्ने हाम्रा पूर्वजहरूले पछि गएर याैनिक स्वतन्त्रता पुरुषमा मात्र सिमित राख्न थाले, बहुपत्नी प्रथा ल्याए, देवदासी भनेर चढाइएका वालाहरू पुजारीका खेलाैना भए, नगरवधुहरू, तवायफहरू बनाईए तर तर आफ्नै घरका नारीका लागि भने अान र सान भन्दै “अनर किलिङ्ग” गर्न समेत पछि पर्दैनन् ।

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Back to top button