प्रदेश ५

प्रदेश लगानी कोषमार्फत १ अर्व उठाऊने तयारी

बुटवल – प्रदेश पाँचका भौतिक पूर्वाधार विकास मन्त्री वैजनाथ चौधरीले सरकारले प्रदेश लगानी कोष मार्फत १ खर्व रकम उठाउने खुलासा गरेका छन्।

प्रदेश विकास परिषद् बैठकमा समेत लगानी कोषको बारेमा वृहत छलफल गरी प्रदेशका १ लाख नागरिकबाट १०-१० लाख गरी १ खर्व रूपैयाँ उठाउने निर्णय भएको बताएका हुन्।

बुटवल औद्योगिक क्षेत्रमा सञ्चालित उद्योगहरुको छाता संस्था बुटवल औद्योगिक उद्योग संघको नवौं अधिवेशनबाट निर्वाचित कार्यसमितिको पदस्थापन कार्यक्रममा बोल्दै सरकारका प्रवक्तासमेत रहेका मन्त्री चौधरीले सरकारले नागरिकको सहभागितामा लगानी कोष बनाउने निर्णय गरेको बताए ।

सरकारले १ लाख नागरिकबाट १ खर्व रुपैया संकलन गरी प्रदेश लगानी कोष बनाउने र उक्त कोषबाट विभिन्न परियोजना संचालन गर्ने सरकारको योजना रहेको उनले बताए।

मन्त्री चौधरीले लगानी कोषमार्फत सरकारले आयमुलक क्षेत्रमा लगानी गर्ने समेत बताए।

‘अहिले ५ नम्बर प्रदेशमा पैतालीस लाख जनसंख्या रहेको छ त्यसमध्ये लगानीकोषको लागि १ लाख नागरिकबाट १ खर्व रुपैया उठाउने र प्रदेश लगानीकोष स्थापना गर्ने सोँच आज सार्वजनिक गरेका छौं,’ उनले भने ।

अहिलेसम्म एडिवीले लगानी गर्ला र विकास गरौंला भन्ने परिपाटीको अन्त्य गर्दै विकासमा नागरिकलाई प्रत्यक्ष्य सहभागिता गराउने गरी सरकारले योजना अघि सारेको उनले बताए।

पछिल्लो समयमा विभिन्न आयोजनामा खुलेका शेयर आवेदनलाई हेर्दा नागरिकहरु लगानीको क्षेत्रमा आकर्षित भएको उल्लेख गर्दै मन्त्री चौधरीले नागरिक लगानी कोषमार्फत आयमूलक क्षेत्रमा लगानी गरिने बताए।

प्रदेशको ५ वर्षे आवधिक योजना अन्तिम चरणमा पुगिसकेको जानकारी दिँदै मन्त्री चौधरीले पूर्वाधार निर्माणदेखि विकासमा हुने २ खर्व ७३ अर्व खर्चको ५४ प्रतिशत सहभागिता निजी क्षेत्रको हुने सरकारले अपेक्षा गरेको बताए ।

उनले विगतमा सबै क्षेत्रको निशानामा उद्योग क्षेत्र परेकोमा अहिले भने केहि सहज अवस्था श्रृजना भएको बताए। ‘पहिले सहयोग गर्नुको साटो राजश्व, चन्दादाता सबैको टार्गेट उद्योग क्षेत्र हुनेगरेकोमा पछिल्लो समयमा भने केहि सहज वातावरण बन्दै गएको छ,’ उनले भने ।

नेपालको औद्योगिक क्षेत्र निजी क्षेत्रले धानेको भन्दै प्रदेश सरकारले उद्योगीहरुको हित र प्रवद्र्धनको लागि नीति नियम बनाउने बताए।

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Back to top button