कला साहित्य

जागरण साहित्य- पलाए यस्ता भाव

शोभा काफ्ले खतिवडा /
सूरूआत होस् मनमा
शुभ ज्योति बाल्दै !
रातै परोस् जून तिमी उज्यालो
भै जगमग बल्दै !!१

मन यो रमाओस खुशीहरुपनि
सलबलाओस् !
दिलको यो पाटो हरपल नै यसै
हाँस्न पाओस् !!२

मनको पनाहरुमा पनि खुशी;
धेर नै ल्याई !
आऊ बिहानी तिमी पनि दिलमा ;
अति नै रमाई !!३

शालीनता र सौम्य पना होस् ;
दिनको र समयको !
रहोस धरामा उज्यालो सँधै भरी;
हाम्रा कर्महरुको !!४

हिमाल,पाहाड , तराई र लेँक ,
बेशी यो देशै भरिका !
हाँशुन धरा अनि दिलहरु पनि ;
सारा नेपालीका !!५

शिशिर पनि छाँटिई कन पो ;
अव दुर जाओस् !
शितल बतासले यो धरा अव ;
हरदम रमाओस् !!६

अंशु न्यानो बोकी यसै समीप ;
यो दिलको आओस् !
हिमशैल तिम्रा नै सम्मानले ;
शिर यो सजियोस् !!७

शुभ गीत पनि गाऔँ हरपल ;
वेद र गीताको !
मान,सम्मान चढाऔँ सँधैँ भरी
देशलाई मनको !!८

हिमाल,पाहाड र समथर परेका
तराइका हरेक धरालाई !
झर्ना ,कोशी ,नदी ,खोला नाला ;
र ताल ,तलैयाहरुलाई !!९

सुषमा यो मनको पनि मिसाई
सद्भाव यहिँ पोखौं !
प्रियभाव अलिकति मिसाईदिलमा
देशमा सत्कर्म सँधै गरौँ !!१०

सुद्ध कर्मले हामी पुण् यपनको
गरौं है कमाई!
पहिले यो धराको गौरव बढाऔँ
हाम्रा मन मिलाई !!११

यो देशमा ज्ञानका प्रतिभाहरुको
फूल पनि समूल फुलाई !
विकासको बाटोमा हरदम अव
समृद्दिलाई पो ल्याई !!१२

शिशिरको चिसोपना घटोस् केहि
सूर्यको शोभा पाई !
आकास झैँ जगमग बनोस मन यो
जूनको शोभामा रमाई !!१३

अव वसन्त पनि छाओस् धराका
हरेक कोपिलाहरुमा !
आनन्दपन र सौम्यपना भैरहोस्
हरेक पालुवामा !!१५

दिलमा पनि पल्लवित कोपिलाले
फूलहरु फूलाओस् !
वासनाले सुवासित मिठो भाव
मायाँ प्रेम बढाओस् !!
१५
नआओस कुनै पनि पल मनमा
पिडाहरु यो दिल दुखाई!
कति दिन होर यो धरामा नि बाँच्ने ,
रमोस दिल हाँसी रमाई !!१६

कुनै फूल टिप्ने चाहन पनि छैन अव
चन्द्रको उज्यालो सुवास छ!
कसैलाई पिडा दिने पनि भावना छैन्
जगत हाँसोस् भन्ने कामना छ !!

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Check Also

Close
Back to top button