कला साहित्य

जागरण साहित्य

विधा: कविता
शीर्षक:कालो प्रतिबिम्ब

रचयिता: अम्बिका कार्की `अमु´

हरेक रात
सिरानीको बाँध फुटाउने गरि
बर्सिन्छन् आँखाबाट मुसलधारे बर्षा
र निथ्रुक्क भिजेकाछन् सपनाहरू
अमुर्त चिन्तनका सुस्केराहरूमा
कहिल्यै बजेन न्यायको धुन

रंगिन कात्रोमा बेरिदै
चीत्कार बोकेर
निरंकुश लुतोका खटिरा फुटाउन
विवेक खौरेको समानतालाई
चेतनाको मन्त्रले फुक्ने
न्यायलयको तराजु
कोल्टिएको छ यतिखेर
हो
देहलाई अग्निदहमा सेलाएर
एउटा कालो प्रतिबिम्ब
जीवन खोज्दै आइरहेछ परबाट
समानताको आगोले पोल्ने
अभिलाषा बोकेर
दुखाई रहेछ ब्यर्थको स्वाभिमान

तप्प तप्प चुहिरहेका ती
कुहिनाका चोप
गन्तब्यको बजारमा
मुल्यहिन भएकाछन् ,
तर
मेरो देशको कुर्सी
न भोको छ नत प्यासी
हिजो जंजिरमा बाँधिएकाहरू नै
स्वतन्त्रतामा साँधिएकाछन् अचेल
र भन्दैछन्
वाह! मेरो देश ….

भरतपुर, चितवन।

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Back to top button