विशेष

कामशाष्त्रका दृष्टिमा नायक र नायिकाहरु

डा. मतिप्रसाद ढकाल-असमान वर्णकी पतित, वेश्या र विधवा स्त्रीसँग सम्भोग गर्नाले धर्मपुत्र र लोकमा इज्जत पनि नपाइने भएकाले त्यसतर्फ सतेत हुँदै ब्राह्मण, क्षत्री, वैश्य र शूद्र चारै वर्णका पुरुषहरूलाई आआफ्नै सजातीय वर्णकी कुमारीसँग विवाह गरी पुत्र एवं लोकको सम्मान प्राप्त गर्न कामसूत्रका प्रणेता वात्स्यायनले निर्देशन दिएका छन् ।

कामशास्त्रमा विषयभोग र उमेरका आधारमा नायिकाहरूलाई मुख्यतः चारचार प्रकारमा विभाजन गरिएको पाइन्छ । विषयभोगका दृष्टिले नायिकाहरू कन्या, विधवा, वेश्या र परस्त्री गरी चार प्रकारका हुन्छन् (कामसूत्र १।५।४—५) । यी नायिकाहरू क्रमशः उत्तम, मध्यम र अधम नायिकामा गनिन्छन् । कन्यालाई पुत्रदा र सुखदा गरी दुई प्रकारमा विभाजन गरिएको पाइन्छ । सम्भोगको सुखमात्र प्रदान गर्ने असवर्ण कन्याभन्दा धर्मका लागि योग्य पुत्र प्रदान गर्ने सवर्ण कन्या नै उत्तम मानिन्छन् । तसर्थ तिनैसँग विवाह गर्न हाम्रा धर्मशास्त्रहरूले निर्देश गरेका हुन् । विधवा नायिका पनि क्षतयोनि र अक्षतयोनि गरी दुई प्रकारका हुन्छन् । अक्षतयोनि विधवासँग विवाह गरी सन्तान उत्पन्न गर्ने अनुमति हाम्रा धर्मशास्त्रहरूले दिएको पाइए पनि क्षतयोनि विधवा र वेश्यासँ भने प्रेम र कामक्रीडा गर्नु अत्यन्त निन्दनीय भएकाले निषेध गरिएको छ ।

वात्स्यायनले विषयभोगका आधारमा तीन प्रकारका नायिकाको वर्णन गरेका र गोणिकापुत्रले त्यसमा चौंथो परस्त्री नायिकालाई समावेश गरेको पाइन्छ । परपुरुषसँग विवाहित स्त्रीलाई यहाँ चौंथो नायिकाका रूपमा ग्रहण गरिएको हो । विवाहित भएर पनि पतिव्रत आचरणमा नरहेकी व्यभिचारिणी परस्त्रीसँग सन्तानप्राप्ति वा आनन्दप्राप्तिका लागि नभई विशेष प्रयोजनसिद्धिका लागि प्रेम वा कामक्रीडा गर्नु नराम्रो पनि मानि“दैन । परन्तु विशेष प्रयोजनविना नै केवल कामवासनाको तृप्तिका लागि विवाहिता व्यभिचारिणी परस्त्रीसँग कामक्रीडा गर्नु धर्मशास्त्र विरुद्ध नै हुन्छ । सङ्कटकालीन अवस्थामा आफ्नो प्राणको रक्षाका लागि तथा मित्रताप्राप्ति, धनप्राप्ति, जीविकोपार्जन, गोप्य भेदहरू पत्ता लगाउने जस्ता विशेष प्रयोजनका लागि व्यभिचारिणी परस्त्रीसँग सम्पर्क गर्नु कामशास्त्रका दृष्टिले अनुचित ठानिँदैन ।

वात्स्यायनले जुनसुकै परिस्थितिमा पनि सोह्र किसिमका स्त्रीसँग सम्भोग गर्न पूर्णतः निधेष गरेका छन् (का.सू. १।५।२९) । १. कुष्ठ रोगी, २. मानसिक रोगी, ३. भ्रूणहत्या गरेर, कौमार्य अवस्थामैं गर्भधारण गरेर एवं अन्य असामाजिक कृत्यका कारण पतित भएकी स्त्री, ४. पुरुषका गोप्य कुराहरू प्रकट गरिदिने स्त्री, ५. सबैसँग सम्भोगका लागि याचना गर्ने निर्लज्ज स्त्री, ६. प्रायः यौवन अवस्था बिताइसकेकी स्त्री, ७. अत्यन्त सेती, ८. अत्यन्त काली, ९. मुख, काखी र योनीबाट दुर्गन्ध आउने स्त्री, १०. आप्mनी नातेदार स्त्री, ११. आप्mनी वा श्रीमतीकी साथी, १२. धेरै घुमफिर गर्ने वा सन्न्यासिनी, १३. दाजुभाइकी पत्नी, १४. मित्रकी श्रीमती, १५. वेदपाठी ब्राह्मणकी पत्नी र १६. राजाकी पत्नी पनि कामशास्त्रका दृष्टिमा सम्भोगका लागि निषिद्ध मानिएका छन् ।

कामशास्त्रवेत्ता आचार्यहरूले अवस्था र आकृति वा स्वभावका दृष्टिले पनि नायिकाहरूलाई चारचार प्रकारमा विभाजन गरेका छन् । उमेर वा अवस्थाका आधारमा नायिकाहरू बाला, तरुणी, प्रौढा र वृद्धा गरी चार प्रकारका हुन्छन् । बाला, तरुणी र प्रौढा नायिकाका साथ सम्भोग गर्नका लागि कामशास्त्रमा विशेष विचार गरिएको भए पनि ५० वर्षदेखि माथिका वृद्धा नायिकाहरूसँग सम्भोग गर्नचाहिँ पूर्णतः निन्दित र वर्जित गरिएको छ ।

कामशास्त्रअनुसार १२ वर्षदेखि १६ वर्षको उमेरसम्मका नायिकालाई बाला नायिका मानिन्छ । यस अवस्थाका नायिकाहरूलाई देख्दा जोसुकै पनि सहज रूपमा मुग्ध हुने भएकाले यिनलाई मुग्धा नायिका पनि भन्ने गरिएको हो । यस्ता नायिकाहरू कामवासनाप्रति उत्सुक भएर पनि बढ्ता लजाउने खालका हुन्छन् । यिनीहरू आप्mना प्रेमी वा पतिसँगभन्दा पनि आप्mना साथीहरूसँग खुलेर कुरा गर्न र साथीहरूबाटै आफ्नो प्रशंसा भएको सुन्न मन पराउँछन् । यस अवस्थाका नायिका वा श्रीमती बढी लजाउने भएकाले यिनीहरू उज्यालोमा भन्दा अँध्यारोमैं सहवास गर्न रुचाउँछन् र यिनीहरूसँग विशेषतः ग्रीष्म एवं शरद् ऋतुमा सहवास गर्नुपर्छ भन्ने कामशास्त्रीहरूको भनाइ रहेको छ ।

कामशास्त्रमा १७ वर्षदेखि ३० वर्षको उमेरसम्मका नायिकालाई तरुणी नायिका मानिएको छ । तरुणी नायिकाको गतिमा चञ्चलता हुन्छ भने लज्जा र कामवासनाको समेत अनौठो समन्वय भएको देखिन्छ । कामशक्तिको प्रबलता रहने भएकाले आफ्ना अङ्गहरू गोप्य राख्ने कुरामा तरुणी नायिकाले बढ्ता सावधानी अपनाएको पाइँदैन । प्रेमी वा पतिसँग प्रथमतः सम्भोग अनिच्छाजस्तो भाव प्रदर्शन गरे पनि रतिक्रियामा प्रवृत्त भएपछि भने यस किसिमका नायिकाहरू बेहोसजस्तै भइदिनाले उसलाई प्रेमी वा पतिले सम्हाल्नुपर्नेसम्मको अवस्था आइपर्छ । तरुणी नायिका प्रेमी वा पतिको प्रगाढ आलिङ्गनलाई बढ्ता रुचाउँछन् । सहवासका क्रियाकलापलाई निःसङ्कोच हेर्न पनि मन पराउने भएकाले तरुणी नायिकाले सहवासका बेला उज्यालोको समेत अपेक्षा गर्छन् र तरुणी नायिकासँग विशेष गरी हेमन्त ऋतुमा सहवास गर्नुपर्छ भन्ने कुरामा कामशास्त्रीहरूले जोड दिएका छन् ।

कामशास्त्रमा ३१ वर्षदेखि ५० वर्षको उमेरसम्मका नायिकालाई प्रौढ नायिकाको संज्ञा दिइएको छ । लज्जा, भय गोपनीयता आदि स्वभावहरू हट्दै जानु, चञ्चलताको सट्टा स्थिरताको उदय हुनु, हरदम प्रियतमकै साथमा बसिरहन मन पराउनु, वस्त्र र आभूषणहरूसँग बढ्ता प्रेम हुनु प्रौढ नायिकाका प्रमुख विशेषता हुन् । प्रौढ नायिकामा कामवासना अत्यन्त तीव्र हुने भएकाले उनीहरूले आफ्नो पति सदैव साथमै रहिरहून् भन्ने कामना गर्दछन् । प्रौढा नायिकासँग विशेषतः वसन्त र वर्षा ऋतुमा सहवास गनुपर्छ भन्ने कामशास्त्रीहरूको कथन छ ।

कामशास्त्रमा विषयभोग र अवस्थाका आधारमा भैंm आकृति र स्वभावका आधारमा पनि नायिकालाई पद्मिनी, चित्रिणी, शङ्खिनी एवं हस्तिनी गरी चार प्रकारमा विभाजन गरिएको पाइन्छ र यिनलाई क्रमशः अत्युत्तम, उत्तम, मध्यम र अधम नायिका मान्न सकिन्छ । कमलको डाँठजस्तो कोमल शरीर भएकी, थोरै खाने, लजालु, स्वाभिमानी, राजहाँसको जस्तो हिँडाइ भएकी, देवपूजनमा बढी रुचि राख्ने, दुब्लो शरीर भएकी र सेतो वस्त्र धारण गर्न मन पराउने नायिकालाई पद्मिनी नायिका मानिएको छ । चञ्चल स्वभावकी, सङ्गीतमा रुचि राख्ने, मयूरको जस्तो मीठो बोल्ने, स्तन र नितम्ब ठूलो भएकी, अत्यन्त बाक्लो एवं कालो कपाल भएकी र सहवासमा कम रुचि राख्ने नायिकालाई चित्रिणी नायिका भनिएको छ । लामा लामा हात, सानो शिर, ठूलो शरीर, क्रोधी, वक्रदृष्टि भएकी, सहवासका बेला नखक्षत र दन्तक्षतमा बढ्ता रुचि राख्ने, अत्यन्त कन्जुस र कर्कश बोली भएकी नायिकालाई शङ्खिनी नायिका ठानिएको छ । बुद्धिमा उच्छृङ्खलता, छोटो कद, ठूलो शरीर, लामो घाँटी, खुट्टाका औंला भद्दा र मोटा भएकी, साधारण स्त्रीभन्दा दुई गुना बढी खाने, सधैं लोग्नेसँगै सुत्न मन पराउने, लाज नमान्ने र परपुरुषसँग सम्भोगको चाहना राख्ने नायिकालाई कामशास्त्रीहरूले हस्तिनी नायिका भनी चिनाएका छन् ।

कामसूत्रमा नायिकाका बारेमा जति विशद चर्चा गरिएको छ त्यसको तुलनामा नायकको चर्चा अत्यन्त कम गरिएको पाइन्छ । सामान्यतया नायक एउटै मात्र हुन्छ, त्यो नायक भनेको आफ्नो पति हो र त्यही नायक नै ‘सार्वलौकिक’ हो भन्ने कुरामा कामसूत्रले जोड दिएको छ (का.सू. १।५।२८) । त्यसको विकल्पमा कुनै विशेष कार्यको सिद्धिका लागि विवाहिता परस्त्रीसँग गोप्य सम्बन्ध राख्न खोज्ने दोस्रो नायकलाई ‘प्रच्छन्न’ नायक भनिएको छ । यी दुवै नायकलाई क्रमशः नायक र खलनायक मान्न सकिन्छ ।

वात्स्यायनले सम्भोगका लागि निषिद्ध स्त्रीजस्तै निषिद्ध पुरुषको पनि चर्चा गरेका छन् । उनका अनुसार विषयभोगका दृष्टिले तृतीय श्रेणीमा पर्ने वेश्या नामकी नायिकाले पनि सम्भोगका लागि निषेध गर्नुपर्ने नायकहरू १३ प्रकारका भेटिन्छन् (का.सू.६।१।७) । तदनुसार १. क्षयरोगी, २. कृष्ठरोगी, ३. दुर्गन्धित वा गम्यागम्यको विचार नगरी जुनसुकै स्त्रीसँग संसर्ग गर्ने, ४. आप्mनी पत्नीसँग प्रेम गर्ने, ५. कठोर वचन बोल्ने, ६. लोभी, ७. निर्दयी, ८. आमा, बुबा, गुरु आदि पूज्यजनबाट परित्यक्त, ९. चोर, १०. घमण्डी, ११. जादू, टुनामुना आदि कर्मबाट जीविकोपार्जन गर्ने, १२. धन कमाउनका लागि मान र अपमानको विचार नगर्ने र १३. निर्लज्ज पुरुष यिनीहरूसँग कुनै पनि स्त्रीले सम्भोग गर्नु अनुचित र पूर्णतः निषिद्ध मानिएको छ।

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Back to top button