विशेष

सन् २१०० सम्म हिमाल नाङ्गै हुनसक्ने चेतावनी

काठमाण्डौ- बैज्ञानिकहरुको एक अध्यनले सन् २१०० सम्म हिमालमा हिऊँ नै रहन नसक्ने चेतावनी दिएका छन। विश्वको पहिलो, दोस्रो र तेस्रो अग्लो हिमाल रहेको नेपालमा सन् २१०० सम्म हिऊँ पग्लिएर हिमालहरु नाङ्गा हुनसक्ने खबर जाकार्ता पोस्टले जनाएको छ।

विश्वब्यापी कार्वन उत्सर्ननको मात्रा कम भएन भने यी अग्ला चुचुराहरुमा रहेको हिऊँ पग्लिएर चुचुराहरु नाङ्गै हुनसक्तछ्न, बैज्ञानिकहरुले सोमवार एक नयाँ अध्ययनलाई सार्वजनिक गर्नेक्रममा यस्तो चेतावनी दिएका हुन।

विश्वब्यापी पेरिस सम्झौताअनुसार १.५ डिग्री सेल्सियससम्म ग्लोवल वार्मिङ्गको लक्ष्य हासिल गर्दासम्म ग्लेशियर्स एक तिहाईले घटिसक्ने उनिहरुको निचोड रहेको छ।

हिन्दु कुश- हिमालयहरु ( एचएचएच ) क्षेत्रमा अवस्थित ग्लेशियर्स पहाडहरुमा लगभग २५० मिलियन मानिसहरुका लागि अत्यावश्यक पानीको स्रोत रहेको पाईन्छ भने अन्य स्रोत त्यहाँबाट बगेर जाने नदिहरुमा रहेको छ।

अध्ययनले चेतावनी दिएको छ- यहिं क्रममा यदि हिऊं पग्लन नरोकिने हो भने यसको असर सोझै मानव जिवनमा पर्नेछ। बायुप्रदुषणसंगै मनसुनमा गडबडी, जलप्राणीको लुप्तता लगायतका तथ्यहरु अनुसन्धानले औंल्याएको छ।

नेपालमा एकीकृत माऊन्टेन बिकाश (आईसीआईएमोडीओ) ले जलवायु परिवर्तनका कारण हिमालमा देखा पर्नथालेका समस्या र समाधानसम्बन्धी यौटा विस्तृत कार्यपत्र तयार पारेको थियो। पहिलो चरणमा ८ वटा देशका हिमालका बारेमा अध्यन अनुसन्धान गर्नेगरि तयार पारिएको उक्त कार्यपत्रअनुसार भने काम अंघि बढ्न नसकेको विज्ञहरु बताऊँछन। यद्यपि उक्त संगठन निर्माणको पाँचबर्षमा यसले ३५० भन्दा बढी शोधकर्ता तथा नितिगत बिशेषज्ञ,१८५ संगठन , २१० लेखक, २० समीक्षा सम्पादक तथा १२५ बाह्य समिक्षकहरु समावेश मात्र गरेको छ।

पेरिस सम्झौता २०१५ अनुसार हिमालयन क्षेत्रहरुमा अधिकतम तापमान १.५ डिग्री सेल्सियससम्म हुनुपर्ने हो। तर संयुक्त राज्य र सऊदी अरवसहितका मूख्य प्रदूषक राष्ट्रहरुले अक्टोवरमा जारी भएको ल्याण्डमार्क बैज्ञानिक रिपोर्टको खण्डन गरेका छन। उनीहरुको सुझाव छ्न, एकदशक भित्रमा ईन्धनको प्रयोगलाई नियन्त्रणमा राखी वैकल्पिक मार्ग अपनाऊनुपर्दछ ।

सार्वजनिक एक एर्को रिपोर्टले भने १.५ डिग्री लक्ष्यको बदलामा हिमालय क्षेत्रमा २.१ डिग्रीले वृद्धि हुने जनाएको छ। यदि कार्वन उत्सर्जन कम भएन भने त्यो बढेर ५ डिग्रीसम्म हुनसक्ने चेतावनी दिएको छ।

७०मिलियन बर्षपहिलाका हिमालयन ग्लोरियर्सहरु अहिले आएर बढ्दो कार्वन उत्सर्जनका कारण संकटमा पर्दै आएका छन। १९७० को दशकबाट यता निरन्तररुपमा हिऊँ पग्लने र हिमालहरु नाङ्गा देखिनेक्रम रोकिएको छैन र यहिं अवस्था रहे सन् २१०० सम्म हिमालमा हिऊँ नै नरहने चेतावनी उनीहरुले दिएका हुन।

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Back to top button