
अम्बिका कार्की `अमु´बिधा: गजल
रचयिता: अमु
राममा अनिकाल छ र सीतामा हाहाकार छ ।
आदर्श प्रेम जपौँ यहाँ नारीमा अत्याचार छ ।
ए सरकार ! छापामारेर कुसंस्कार मिल्क्याउ :
सुकिलाले गरिबको चोली खोल्न हतार छ।
पश्चिमी रीवाजले यस्तो बिज छरेर छोड्यो :
श्रीमान् श्रीमती बिचको भरोसामै मारामार छ।
पैसाले के पाइदैन यहाँ बा आमा किनिसकेछन्
झुपडीका इमान्दारलाई मात्र कारागार छ ।
जस्ले निस्वार्थमा विकृति लेख्छ पागल भन्छौ :
त्यही पागलपनमा यिनै यथार्थ साभार छ।
Facebook Comments