स्वास्थ्य

नशा तथा मानशिक समस्या समाधानका उपाय

डा. प्रदिपराज पाण्डे

के कुलत (रक्सि पिउने) समस्या मानसिक समस्या हो?

नेपाली समाजमा धेरै कुराहरुको कुलत छ जस्तै रक्सि, चुरोट, गाँजा, tabs, injection आदि. यो (addiction) कुलत हो र यसलाई उपचारबाट ठिक गर्न सकिन्छ भनेर कमै व्यक्तिलाई यसको ज्ञान छ. तिनमा हामी आज रक्सीको बारेमा जान्ने प्रयास गर्नेछौ. रक्सीलाई विभिन्न नामले चिन्ने गरिन्छा रक्सि, छ्यांग, तुम्बा, जाँड, आदि भनेर नेपाली समाजले यसको नामकरण गरिदिएको छ. यो सबै जातजातिले स्वीकारेको पेय पदार्थ हो जुन सजिलैसंग किनबेच हुने गर्दछा यो कतिपय जातजातिमा अनिबार्य रुपमा नभई नहुने पबित्र बस्तुको रुपमा लिइएकोले पनि यसको स्वीकार्यता नेपाली समाजमा बढेको हो. यदाकदा यसले समस्या दिन सक्छ भनेपनि आजसम्म हाम्रो समाजले यो र यसको प्रयोगप्रति स्पस्ट धारणा बनाउन सकेको छैन.

रक्सि पीउनु समस्या नै हो त?
होइन, धेरै नपिईकन कहिलेकाही पिउँने गरेमा लामो समय खादा पनि यसले धेरै असर नगर्न सक्दछा

रक्सि पिउने बानीले कहिले समस्या दिन्छ त?
दिनहुजस्तो रक्सि खाईराख्ने, रक्सीको मात्रा बढाउदै जाने गरेमा यसले समस्या दिन सक्छा.

रक्सि पिउदाका बेफाइदाहरू के के छन् त?
रक्सीले पेटमा र मस्तिस्कमा मुख्यतया समस्या दिने गर्दछा
पेटमा हुने समस्याहरु: gastritis को समस्याहरु जस्तै पेट दुख्ने, फुल्ने, पोल्ने, खान मन नलाग्ने, अमिलो पनि घाटीसम्म आउने, कालो दिसा आउने, उल्टी आउने, jaundice हुने (liver problem) हुन सक्दछा

मस्तिस्कमा हुने समस्याहरु: (seizure) छारे रोग/बेहोसी को समस्या हुने, निन्द्रा नपर्ने, डर लाग्ने, हातहरु काप्ने, तलतल लाग्ने, बिर्सने समस्या, आत्मबिस्वासमा कमि आदि हुने गर्दछा.

यी बाहेक blood pressure बढ्ने, हात खुट्टा झमझम गर्ने, depression, aggression, sucidal attempt, neurological problem हुन सक्दछन.
के रक्सि खाने व्यक्तिलाई मानसिक समस्या हुन सक्दछ त?
हो, यदि उसलाई रक्सि नखादा छट्पट छट्पट हुने, कताबाट किनेर खाने होला भनेर मनमा आइराख्ने, रक्सि नखाएको रात निन्द्रा नपर्ने, डर लाग्ने, ढुकढुक हुने, रिस उठ्ने दिक्क लाग्ने, हातहरु कापेजतो हुने हुन थालेको छ भने उक्त व्यक्ति कुलत(addiction) मा फसेको छ र उ चिकित्सकको सहयोग बिना रक्सिबाट निस्कन नसक्ने हुन सक्छा.

तर हाम्रो समाजले त यो नटेरेर हो, बानि बिग्रेर हो भन्ने गरिन्छ त होइन र?
रक्सि खाने व्यक्तिले रक्सि नखादा उसलाई तलतल लाग्ने, डर लाग्ने, निन्द्रा नपर्ने आदि शारीरिक र मनासिक समस्याहरु देखा पर्दछन् जसको कारणले उसले चाहदा चाहदै पनि रक्सि छोड्न नसक्ने हुन्छा रक्सि मस्तिस्कमा एक अंगको रुपमा बसिदिन्छ जसले गर्दा रक्सि छोड्ने बित्तिकै यी समस्या देखा पर्दछन तर घर परिवारलाई भने हाम्लाई नटेरेर हो जस्तो लाग्दछ.

रक्सीको कुलतबाट व्यक्तिलाई छुटाउन सकिन्छ त?
अवस्य सकिन्छा

येस्कोलागि के गर्नुपर्ला त?
रक्सि धेरै खाने हो भने कत्तिपल्ट बिरामीलाई भर्ना नै गर्नुपर्ने हुन्छा थोरै खाने हो भने चक्की दिएर रक्सि नाखादा हुने अफ्ठ्यरोपना (withdrawl) को समस्यालाई कम गर्नुपर्छा
तेसपछी रक्सि खादा आउने मानसिक समस्या जस्तै depression, anxiety, psychosis, को समस्या आदि लाई दबाइ सुरु गर्नुपर्छा
व्यक्तिलाई तलतल नलाग्ने, रक्सि खादा उल्टी हुने (aversion treatment) उपचार पनि सुरु गर्न सकिन्छा
तेस्तै counceling (individual and family) therapy जसमा व्यक्तिलाई रक्सि छुटाउनको लागि motivational enhancement therapy र परिवारलाई कसरि रक्सि खाने व्यक्तिलाई व्यवहार गर्ने भनेर सिकाउन सकिन्छा कसै कसैलाई भने सुधारकेन्द्र (rehabilitation centre) मा राखेर उपचार गर्नुपर्ने हुनसक्छ तर सुधारकेन्द्रमा राख्ने तर चिकत्सकको सल्लाह नलिने गरेमा यो व्यक्तिको उपचार अपुरो हुन जान्छ र सुधारकेन्द्रबाट निस्कनासाथ रक्सि सेवन गर्न थाल्दछा.
कुलत (रक्सि,चुरोट,गाँजा, tabs, injection) १ हप्ता या २ हप्ता दबाई खाएर चमत्कारिक हिसाबमा छुटाउन गारो हुन्छ तर व्यक्तिको चाहना, चिकित्सकको सल्लाह, र परिवारको साथ मिलाएमा यसलाई सजिलै
छुटाउन सकिन्छा

हाम्रो घरपरिवारमा, समाजमा यस्ता थुप्रै ब्यक्तिहरु हामी देख्न सक्छौ र उनीहरुलाई सहिमात्रामा सहयोगको खाचो हुनसक्दछा रक्सिको बारेमा आफुपनि सचेत रहू र अरुलाई पनि यसको उपचारको बारेमा ज्ञान दिऊंँँ।

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Back to top button