कला साहित्य

कविता

रचयिता: शोभा काफ्ले खतिवडा

शीर्षक- शरदको चन्द्रमा बनौं

म हृदयमा थुप्रै मायाँको भाव उमारौँ !
मायाँ भरी मात्र शुभ भाव म सजाऊँ !!
मनका मानिस मुटुको मायाँमा सजाइ
अनि देशको समृद्दिको भावना जगाऊँ!!
!!०!!
म सुनको सुन्दर बगैँचा अव त एउटा ;
यो मेरो धरामा पनि मनले लगाऊँ कि ?
जलले समृद्द एउटा उर्जाको उज्यालो;
दीयो पनि धपक्क धरामा बालौँ कि ?
!!१!!
हामी हरेक नेपालीको हृदयमा उमारौँ ;
सद्दभावले भरिएको हाँसो,खुशी पनि म
शरद तिम्रो चाँदनीमा जूनसित रमाएर;
नुहाऊँ कि हाँस्दै साथै बसेर पनि अव म

!!२!!
म सुनको नौलो र सुन्दर विहानी पनि ;
यो धरामा अव हृदयबाट बोलाऊँ कि ?
मेरो मनको मायाँले आफ्नै प्यारो देश;
सुन्दर पारेर हामी मायाले सजाऊँ कि!!
!!३!!
मायाँ प्रितिको खेतीपनि मनैबाट लगाई
मगमग बनाऊँ कि यो धरालाई सजाई !
मेरो मन भित्रको पवित्र र सुन्दर मायाँ ;
जन्म धरामा नै म खन्याइदिऊँ सारा !!
!!४!!
हरेक मुटुमा अव मायाँको असल पन र
भावनाहरु मात्र फुले कति जाती हुन्थ्यो
यो धराबाट द्वैश रिष,डाह र ईर्ष्या जति;
हटे गए पो त कति हो कति जातीहुन्थ्यो

म शरदको शितल जूनको उज्यालोले ;
नुहाऊँ हरपल अवस्था अनि युगौसम्म!
श्याम तिम्रो सुमधुर बाँसुरीको मिठो ;
धुन सुनौ म आउने हरेक युगयुगसम्म!!
!!
धरामा शरद पनि आएर पो त होला कि
मन मेरो यसै यसै कसरी पो त रमायो !!
तिमी पनि शारदीय पनले मेरो हृदयको भावमा अनायासै हरपल फुल्न आयौ !!

यसैले होला:->

तिमी पातमा परेको सित झैँ
भयौ कसरी मेरो मायालु !
म तिमीसित मेरो यो दिलको
प्रिती लगाऊँ है मायालु!!

घाम हिमालमा पर्दा हिमाल हाँसेझैँ
देखिन्छौ तिमी यसै नै हरपल!
त्यो जूनको उज्यालो पन ज्योतिसित
छिरेझैँ छौ किन तिमी पलपल!!

चट्टान जस्तो अटल त्यो तिम्रो
मायालु प्यारो छातीमा !
मायाँको पक्का मोहर छाप लगाऊँ ;
कि म हरपल मात्र धर्तीमा !!

हिमालबाट हिऊँको फूल टिपि
ल्याऊँ म यो देशमा !
मायाँले हिउँको फूल लिएर
सिउरनु मेरो यो शिरमा !!

मायालु तिम्रो मायाँको माला
बनाऊँ सुन्दर म एउटा !
सुनाखरी र जाही जुहीको
वास्ना सजाऊँ पवित्रता !!

मायाँ म एउटा अति असल
तिमीसित मात्र लगाऊँ !
हृदयको तुनामा बाँधेर म
त्यो प्यारो मायाँ सजाऊँ !!

घामको उज्यालो पारेर मेरो
त्यो मायाँलाई सजाऊँ !
चन्द्रको सितल शान्तिलाई म
यो मुटु भरी हरपल बसाऊँ!!

तिमीसित एउटा यो असल
साहिनो नै मनको लगाई!
अनन्तसम्मकोलागि तिम्लाई
यसैगरी हरपल मागौँ !!

हृदयका भावका भावनाले
मायाँ सजाई!
चौतारीको वर र पिपल
जस्तो सुन्दर बनाई !!

मुटुका मेरा भावले त्यो
मायाँ यसै बचाई !
अनन्तकालागि मैले मागेँ
है प्रिय तिमीलाई !!

शारदीय पनमा म मायाँ
मनको तिमी सित लगाऊँ !
अहंकार धोई यो मनको मैले
अव सँधैलाई पखालौँ!!

सद्दभावले सुन्दर त्यो ,मुटुमा
यसरी मायाँ जोडी
मनको आदर अनि सम्मानमा
बसाऊँ तिमीलाई हरघडी!!

म मनमा बसाऊँ हरपल
जोडी तिम्रो नै मायाँ !
जून लागोस टहटह नहटोस
तिम्रो सुन्दर छायाँ !!

विवेकीपन हराएर कहिल्यै कतै नजाओस् पछीसम्म !!
मनभरी र मुटुभरी अटाओस
तिम्रो यो मायाँ टम्म!!

काठमाण्डौ।

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Back to top button