कला साहित्यविचार ब्लग

के हो साकेला उधौली ?

काठमाडाैँ । किराँतीको महान् चाड उधौली नेपालसहित विश्वभर छरिएर बसोबास गर्ने भूमिपुत्र किराँत समुदायले मनाउने महान चाड हो । यसलाई साकेला उधौली पर्व पनि भनिन्छ । उधौली चाड मानिस, जनावर तथा चराचुरुङ्गी लेकतिरबाट बेंशीतिर बसाइँ सर्ने समय भएको सङ्केत गर्न तथा अन्नबाली भित्र्याइएको खुशियालीमा मनाउने गरिन्छ ।

किराँत राई प्रकृति र पितृपूजक हुन् । किराँत राईले मनाउने विभिन्न चाडमध्ये प्रमुख चाड उभौली तथा उधौली हुन् । यी चाड वर्षमा दुईपटक मनाइन्छ । मङ्सिर पूर्णिमा मनाइने चाडलाई उधौली र वैशाख पूर्णिमामा मनाइने चाडलाई उभौली र भनिन्छ ।

साकेला नृत्य, ढोल, झ्याम्टा सिर्लिङ, मिरिमा आदि लिई हर्षोल्लासका साथ नाच्ने गरिन्छ । विभिन्न नृत्यको भाव सिली माङपा तथा सिली माङपाको निर्देशनअनुसार वृत्ताकार बनाई प्रस्तुत गरिन्छ । सिली नाच मानव जीवनको विभिन्न पक्ष तथा प्रकृति र पशुपक्षीसँगको सम्बन्धलाई प्रतिविम्बित गर्ने खालका ठाउँ र थर हेरी धेरै प्रकारका हुन्छन् ।

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Back to top button